निलम्बन गरिएका एनआरएनए फ्रान्सका उपाध्यक्ष भण्डारीलाइ पुनर्बहाली गर्न केन्द्रको निर्देशन

एनआरएनए फ्रान्सले २५ मे का दिन एक बिज्ञप्ति प्रकाशित गर्दै १७ मे बाट नै सुरु हुने गरि संस्थाका उपाध्यक्ष अमर बहादुर भण्डारीलाइ ६ महिनाको लागि निलम्बन गरेको जानकारी दिएको थियो। संघको रास्ट्रिय अन्तरास्ट्रिय विधान विपरित र कुनै प्रक्रिया नै नपुर्याइ कारवाही गरिएको भन्दै एनआरएन आइसीसीको पदाधिकारी बैठकले उक्त निर्णयलाइ उल्टाइदिएको छ।

जुन ६ मा बसेको एनआरएनए अन्तर्राष्ट्रिय कार्यसमितिको बैठकले रास्ट्रिय समिति फ्रान्सले गरेको निर्णयलाइ बदर गरेको हो । केन्द्रिय महासचिव डा हेमराज शर्माले रास्ट्रिय समिति, आइसीसी सदस्य, र क्षेत्रीय संयोजक उपसंयोजकहरुलाइ सोमवार बोधार्थ गराउदै पठाएको पत्रमा उपाध्यक्ष भण्डारी लाइ कारवाही गर्दा विधान अनुरुप अनुशासन समितिको सिफारिस बिना निलम्बन गरिएको र निलम्बन गर्ने औचित्य पुष्टी हुने खालको प्रमाण पेश नगरिएकोले निजलाइ पुनर्बहाली गर्न निर्देशन दिइएको बताइएको छ।

महासचिव डा हेमराज शर्मा द्वारा रास्ट्रिय समिति फ्रान्सलाइ पठाएको पत्र

बैठकले गैरआवासीय नेपाली संघ माल्टाका सम्पूर्ण पदाधिकारीको राजीनामा स्वीकृत गरेको छ भने त्यहाँ संघको नयाँ राष्ट्रिय समिति गठनको प्रकृया अगाडी बढाउन महासचिव डा. हेम राज शर्मालाई जिम्मेवारी दिईएको छ । माल्टामा एनआरएनएका पदाधिकारीहरु केहि मानव तस्करीमा संगग्न रहेको आरोप लागेको थियो।

त्यस्तै अष्ट्रिया राष्ट्रिय समितिमा लामो समय देखिको विवाद मिलाउन केन्द्रले ६ बुँदे कार्यतालिका सहित निर्देशन दिएको छ । अष्ट्रियामा केहि समय अगाडी महासचिवलाइ नै निष्कासित गरी कार्यवाहक महासचिव तोकिएको थियो। सोहि बैठकले गैरआवासीय नेपाल संघ ईजरायलको अध्यक्षको राजीनामा स्वीकृत गर्दै अर्को अध्यक्ष तोक्ने अधिकार राष्ट्रिय समितिलाई दिने निर्णय पनि गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here