भारत-चीन भिडन्तमा २० जना भारतीय सैनिकको मृत्यु, विदामा आएका गोर्खालाइ भारतले फिर्ता बोलायो

सोमबार भारत र चीनको सिमामा अवस्थित गलवान उपत्यकामा भारतीय फौजले सीमा नाघेर चिनियाँ सेना संग मुठभेड गर्न पुगेको चिनिया सेनाका एक प्रवक्ताले बताएका छन्। सो स्थानमा सोमबार राति भएको झडपमा एक कर्णेलसहित तीन जना भारतीय सैनिकको ज्यान गएको बताइएको थियो। तर मंगलवार बेलुका आएको रिपोर्टमा भरितीय फौज तर्फ मारिनेको संख्या २० भएको बताइएको छ।

गालवन क्षेत्रमा ४१ दिनदेखि दुइ देशका सैनिकहरु विच विवादित क्षेत्रको विषयलाई लिएर तनाव रहेको छ । झडपमा भारतीय सेनाका कर्णेलसहित २० जना सैनिकको मृत्यु भएको छ । घटनामा ३४ जना भारतीय सैनिक बेपत्ता भएको बताइएकोमा पूर्ण विवरण आएको छैन। बेइजिङले आफ्नो पक्षमा भएको क्षतिको पुष्टि गरेको छैन। भारतीय मिडियाले भने चीन तर्फ ४३ जनाको मृत्यु भएको दावी गरेका छन्।

विदामा रहेका गोर्खा सैनिकहरुलाइ भारतले फिर्ता बोलाउदै

पछिल्लो ४÷५ दिनदेखि रुपन्देही देखि विभिन्न नाका बाट दर्जनौको संख्यामा गोर्खा सैनिकहरु भारत फर्किन सुरु गरेका छन्। लद्दाखमा सिर्जना भएको तनावले युद्धको संकेत गरेपछि नेपालमा छुट्टीमा रहेका गोर्खा सैनिकलाई भारत फिर्ता बोलाइएको हो । गोर्खा रेजिमेन्टमा कार्यरत अधिकांश नेपालीहरुलाइ भारतले पाकिस्तान तथा चीनसँगका आफ्ना विवादित सीमा क्षेत्रहरुमा राख्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here