केन्जलले जितिन युरोप स्तरीय होम स्टारको उपाधि, चार देशका कलाकारबीच फाइनलमा रोचक प्रतिस्पर्धा

युरोप स्तरीय होम स्टार प्रतियोगिताको अन्तिम नतिजा आज सार्वजनिक गरिएको छ। ६० जना प्रतियोगीहरु मध्य दोस्रो तथा अन्तिम चरणको लागि छनोटमा परेका ५ जना कलाकारहरु बीचको रोचक प्रतिस्पर्धामा फ्रान्सकी केन्जल अधिकारी प्रथम र पहिलो होम स्टार बन्न सफल भएकी छिन।

गायन विधामा प्रतिस्पर्धा गरिरहेकी १४ बर्षिय केन्जल अधिकारीले फाइनलको लागि दिएको प्रस्तुति सबै भन्दा बढी हेरिएको र लाइक गरिएको थियो। केन्जललाइ फाइनल जित्न भने त्यति सजिलो भएन, बेल्जियमकी साढे २ बर्षिय वालिका स्वच्छ महर्जन कार्कीको प्रस्तुति पनि धेरैले रुचाएका थिए। डेनमार्ककी शाइना थापा मगर, जर्मनीकी भरुनी सुब्बा र फ्रान्सकी अस्मी थापाको प्रस्तुतिहरु पनि उत्कृस्ट थिए। फेसबुकमा धेरै हेरिएको र लाइक पाएको आधारमा विजेता छनोट गरिएको थियो।

गत अप्रिल २७ बाट सुरु गरिएको होम स्टार कार्यक्रमको पहिलो सातामा ६० जना कलाकारहरु सहभागी भएका थिए। कलाकारहरुले पठाएका भिडियोहरुमा गायन, नृत्य, रचना वाचन, अभिनय, चित्रकला आदि प्रतिभाहरु प्रस्तुत गरिएका थिए। कार्यक्रममा सबै भन्दा धेरै हेरिएका र लाइक पाएकालाइ टप ५ मा छनोट गरिएको थियो । भिडियो हेरिएको संख्या लाइ १ अङ्क र भिडियोमा प्राप्त हरेक लाइक लाइ २ अङ्कको आधारमा कुल अङ्क (total points) हिसाब गरिएको थियो। अन्तिम ५ ले पुन: आफ्नो दोस्रो प्रस्तुति (रचना) पठाएर दर्शकहरु माझ पुगेका थिए।

कोभिड १९ ले आक्रान्त नेपाली समुदायको ध्यान कला, संगीत रचाना आदि रचनात्मक कार्यहरु तर्फ आकर्षित गरेर यो महामारी बेला घरमै समयको सहि सदुपयोग होस् भन्ने “होम स्टार” को उदेश्य रहेको थियो। सामाजिक सञ्जालका पानाहरुमा हराइरहेका प्रस्तुतिहरुलाइ यतिकै खेर जान नदिन र राम्रो प्रस्तुती दिने कलाकारलाइ सम्मान र पुरस्कृत गर्दै अन्यलाइ अझ प्रगति गर्दै जान हौसला प्रदान गर्ने गरी काय्रक्रमको अवधारणा अगाडी सारिएको थियो।

विजेता कलाकारलाइ पुरस्कार तथा आभाष आचार्य प्रोडक्सनको आगामी भिडियोमा पारश्रमिक सहित काम गर्ने अवसरको व्यवस्था गरिएको छ।

होम स्टार कार्यक्रमको उत्कृस्ट ५ मा पर्न सफल कलाकारहरु संग वुधवार गरिएको परिचयात्मक कार्यक्रम “होम स्टार विशेष फेसबुक लाइभ” :

फाइनलमा पुगेका ५ जना प्रतियोगीहरुले पाएका अङ्क सहित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here