![mantriparishad-nepal-map](https://parisnepal.com/wp-content/uploads/2020/05/mantriparishad-nepal-map-696x365.jpg)
सोमबारको मन्त्रिपरिषद् बैठकले लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितको नेपालको नक्सा पारित गरेको छ ।
नापी विभागले यसअघि नेपालको भूभाग लिम्पियाधुरा, लिपुलेकसहितको भूभाग समेटेर तयार पारेको नक्सालाइ भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले मन्त्रिपरिषदको बैठकमा पेस गरेकी थिइन् । बैठकमा उपस्थित एक मन्त्रीले त्यस बारे जानकारी दिदै भने ‘लिपुलेक, लिम्पियाधुरासहितको नक्सा आज पारित भएको छ।’ भारतले नेपालको भूमि आफ्नो नक्सामा पारेपछि र हालै नेपाली भूभाग हुदैं भारत-चीन जोड्ने सडक उद्वघाटन गरेपछी नेपालमा त्यसको तीव्र विरोध भएको थियो ।
यसै साता सरकारले पेश गरेको नीति तथा कार्यक्रममा पनि सरकारले भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायत भू-भाग समेटेर नयाँ नक्सा जारी गर्ने प्रतिवद्धता गरेको थियो।
यो संगै कालापानी विवाद सुरु भए यता इतिहासमै पहिलो पटक लिम्पियाधुरा सम्मको भूभाग नेपालको नक्सामा समावेश गरिने भएको छ।
![](https://parisnepal.com/wp-content/uploads/2020/05/Screen-Shot-2020-05-18-à-17.49.15.jpg)
![](https://parisnepal.com/wp-content/uploads/2020/05/political-map-nepal.jpg)
आज नेपाल सरकारको मन्त्रिपरिसदको निर्णय इतिहासको पन्नामा सुवर्ण अक्षरले त लेखिनेनै छ । आजको मिति र निर्णय युग युगसम्म हाजिरीजवाफमा सोधिने प्रश्नका रुपमा पनि अमर भाईरहने छ । धन्यवाद प्रम केपी शर्मा ओली !
— Yogesh Bhattarai (@yogesbhattarai) May 18, 2020