यी हुन युरोप स्तरीय “होम स्टार” प्रतियोगिताका उत्कृस्ट ५ प्रतियोगी !!

लकडाउनले जन्माएको र युरोपमा छोटो समयमा नै ख्याती कमाउन सफल कार्यक्रम “होम स्टार” का उत्कृस्ट ५ (top 5) प्रतियोगी छानिएका छन।

गत अप्रिल २७ देखि सुरु गरिएको कार्यक्रममा १ साताको अवधिमा ६० जना कलाकारहरु सहभागी भएका थिए। भिडियो पठाउने अवधि सकिएपछी पनि थुप्रै भिडियोहरु प्राप्त भएका थिए तर कार्यक्रमको पुर्व निर्धारित समय हेरफेर गर्न नासिकिने हुँदा प्रतिस्पर्धामा राख्न सकिएन। कलाकारहरुले पठाएका ६० ओटा भिडियो मध्य गायन, नृत्य, रचना वाचन, अभिनय, चित्रकला आदि प्रतिभाहरु कार्यक्रममा प्रस्तुत गरिएका थिए। कार्यक्रममा सबै उमेर समुहका प्रतियोगीहरु सहभागी थिए भने महिला र पुरुषको संख्या लगभग बराबर थियो।

कार्यक्रममा सबै भन्दा धेरै हेरिएका र लाइक पाएकालाइ टप ५ मा छनोट गरिएको छ। भिडियो हेरिएको संख्या लाइ १ अङ्क र भिडियोमा प्राप्त हरेक लाइक लाइ २ अङ्कको आधारमा कुल अङ्क (total points) हिसाब गरिएको थियो। त्यसैका आधारमा सबैभन्दा बढी रुचाइएका र टप ५ मा जान सफल प्रतियोगीहरु यस प्रकार छन :

5th : ६० जना मध्य top 5 मा पाचौं स्थान 5th मा रहन सफल नृत्य विधामा आफ्नो प्रतिभा प्रस्तुत गर्ने जर्मनीकी भरुनी सुब्बा (पाचौं स्थानमा फ्रान्सकी सोफिया बस्नेत आचार्य विजयी भएतापनि स्वास्थ्य स्थितिका कारण उनले दोस्रो चरणमा नजाने निर्णय लिएकी छिन)

4th : Top 5 मा चौथो (4th) स्थानमा रहन सफल नृत्य विधामा आफ्नो प्रतिभा प्रस्तुत गर्ने डेनमार्ककी शाइना थापा मगर

3rd: Top 5 मा तेस्रो (3rd) स्थानमा रहन सफल गायन विधामा आफ्नो प्रतिभा प्रस्तुत गर्ने फ्रान्सकी केन्जल अधिकारी

2nd: Top 5 मा दोस्रो (2nd) स्थानमा रहन सफल नृत्य विधामा आफ्नो प्रतिभा प्रस्तुत गर्ने फ्रान्सकी अस्मी थापा

1st : Top 5 मा प्रथम(1st) स्थानमा रहन सफल गायन विधामा आफ्नो प्रतिभा प्रस्तुत गरेकी बेल्जियमकी स्वेक्ष्या महर्जन कार्की !!

कार्यक्रममा उत्कृस्ट ५ मा पुग्न सफल सबै प्रतियोगीहरुलाइ बधाई दिदैं सम्पूर्ण सहभागी कलाकारहरुलाइ आयोजकहरुको तर्फ बाट धन्यवाद ज्ञापन गर्दछौं। छिट्टै दोस्रो चरणको कार्यक्रमको लागि छनोटमा परेका ५ जना कलाकारहरुको परिचायात्कम कार्यक्रम सहित उनीहरुको दोस्रो प्रस्तुती लिएर हामी आउदै छौं। दोस्रो चरणमा पनि कलाकारहरुको प्रस्तुतीहरु मध्य सबै भन्दा धेरै हेरिएका र लाइक गरिएका मध्य उत्कृस्ट १ कलाकारलाइ विजयी घोषित गरिने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here