गोरखाली समाज फ्रान्सको राहत कार्यक्रम सुरु, पेरिसबाट टाढा बस्नेहरुलाइ पनि सहयोग

गोरखाली समाज फ्रान्सले कोभिड-१९ फैलावट रोक्न गरिएको लकडाउनको बेलामा आर्थिक समस्यामा रहेका नेपाली समुदायलाइ लक्षित गर्दै राहतका कार्यक्रमहरु घोषणा गरेको छ।

गत १८ अप्रिल र २१ अप्रिलका दिन राहतको विषयमा सूचनाहरु जारि गर्दै सँस्थाले “समस्यामा परेका नेपाली नागरिकको पहिचान गरि राहत वितरण गर्ने” र  “पहिलो चरणमा ५० (पचास) जनाको लागि राहत दिने निर्णय गरेको” बताएको थियो ।

अन्य संस्थाहरूले खाद्यन्न बितरण गरिरहेको परिपेक्षमा घर भाडाको समस्या यथावात रहेको भन्दै सँस्थाले आर्थिकरुपमा नै नेपालीहरुलाइ सहयोग गर्ने निर्णय गरेको अध्यक्ष सुरेन्द्र काप्री द्वारा जारी गरिएको सूचनामा उल्लेखित् छ। यसै अनुरुप सहयोगको आवस्यक पर्ने नेपालीलाइ प्रति व्यक्ति नगद ५० युरोको दरले वितरण गरिने जानकारी दीइएको छ।

हाल पहिलो चरणमा गर्न लगिएको सहयोगमा मोंपेलिए (Montpelliers) शहर बाट ५ भन्दा बढी र अन्जे (Angers) शहर बाट १२ जना भन्दा बढी त्यस्तै पेरिस बाट अलिकति केहि टाढा बस्ने र पेरिस वरपर गरि ५० जना जतीलाइ सहयोग गर्न लगिएको गोरखाली समाजका अध्यक्ष काप्रीले जानकारी दिनुभएको छ। त्यस्तै उहाँले राहतका कार्यक्रमहरु ल्याउने अन्य संस्थाहरुसंग सरसल्लाह र छलफल भैरहेको जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here