कच्चा तेलको मूल्यमा भारी गिरावट, अमेरिकाको इतिहासमै पहिलोपटक शून्यभन्दा पनि तल

यस साता अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ १८ बर्षकै न्यून भैसकेको छ। कोरोनाबाट अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावट अनुसार पेट्रोलियम पदार्थको मूल्य एक्कासी घटेको हो 

सोमवार अमेरिकी कच्चा तेलको मूल्य इतिहासमै पहिलोपटक शून्यभन्दा पनि तल झरेर ऋणात्मक भएको थियो। अमेरिकाकी तेलको मुल्य तोक्ने प्रमुख निकाय वेस्ट टेक्सस इन्टरमिडियट (WTI) ले मूल्य घटेर माइनस ३७ दशमलव ६३ डलर प्रतिब्यारेल पुगेको जनाएको थियो । तर त्यो मुल्य वास्तविक नभएको र मे महिनामा डेलिभर गर्नुपर्ने तेलको मुल्यमा त्यस्तो हुन् गएको बताइएको छ। पेट्रोलियम पदार्थको भण्डारण गर्न नसकिने अवस्था आएपछि मूल्यमा भारी गिरावट आएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । विश्वका प्रमुख क्रेता देशहरुका सडक र हवाई यातायात लकडाउनले गर्दा प्राय ठप्प भएकोले यो समस्या उत्पन्न भएको हो।

अप्रिल २० मा न्युयोर्कको तेल बोतलको पानीभन्दा सस्तो भयो ।त्यहाँ नै तेलको मूल्य एक ब्यारेल १.५० डलरसम्म घट्यो । यो एक दिनमा कच्चा तेलको मूल्यमा ९० प्रतिशत गिरावट थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मूल्य घटेको मौका पारी कच्चा तेलको करिब ७ दशमलव ५ करोड ब्यारेल तेल रिजर्भ गरेर राख्न चाहेको बताएका छन् । प्रमुख तेल उत्पादक राष्ट्रहरूको समूह ओपेकले तेलको उत्पादनमा १० प्रतिशत भन्दा बढी कटौती गर्ने निर्णय गरिसकेका छन् ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here