फ्रान्सका नेपाली संघ संस्थाहरु द्वारा “कोभिड १९ संयुक्त सहयोग समिति” गठन

फ्रान्समा रहेका ११ ओटा नेपाली सँस्थाहरु र फ्रेन्च लेजिओं आर्मी सम्मिलित “कोभिड-१९ संयुक्त सहयोग समिति फ्रान्स” गठन गरिएको छ।

फ्रान्समा केहि सँस्थाहरुले छुट्टा छुट्टै रुपमा राहत वितरण गरिरहेको अवस्थामा लकडाउनको अवधी बढेको र समस्याहरु अझै जटिल बन्ने देखिएपछि संयुक्त समितिको महसुस गरीएको थियो। आइतवार प्रकाशित सूचनामा फ्रान्स सरकारबाट प्राप्त गर्न सकिने सेवा सुबिधा र कलेज र बिश्वबिद्यालय संग सम्बन्धित नयाँ बिद्यार्थी साथीहरुलाई भाषागत लगायत तमाम समस्याहरुलाइ मध्यनजर गर्दै संयुक्त प्रयास गर्न लागिएको बताइएको छ। सूचनामा यसअघि पहिलो चरणमा केहि सहयोग गरिसकेका र अहिले सहयोग गर्दै आइरहेका अन्य केहि संघ संस्थाहरुलाइ धन्यवाद दिइएको छ। समितिको संरक्षकत्व नेपाली राजदुतावास फ्रान्सले गर्ने छ।

संयुक्त सहयोग समितिलाइ प्रभावकारी बनाउन बिभिन्न संघ सँस्थामा आबद्वहरु सदस्य रहने गरि उपसमितिहरु गठन गरिएको छ। हालको लागि ६८०१ युरोको आर्थिक कोष स्थापना गरिएको छ साथै यस सहयोग कार्यमा सबैले स्व-इच्छाले आर्थिक सहयोग गर्न सकिने जानकारी दिइएको छ।

आइतार प्रकाशित सूचना :

‘ कोभिड १९ संयुक्त सहयोग समिति , फ्रान्स ‘
सम्पूर्ण फ्रान्सवासी नेपाली समुदायमा नमस्कार,
सारा विश्व कै जनजिवन आक्रान्त पार्ने गरि फैलिएको कोविड-१९ कोरोना भाइरसको प्रकोपका कारण हामी सबै अहिले इतिहासकै कठिन समयमा छौँ। यसको नियन्त्रणको लागि फ्रेञ्च सरकारले सम्पूर्ण फ्रान्सबासिलाइ स्व-स्थानमा व्यवस्थापन गरि बाहिर ननिस्कन अनुरोध सहित नियमन गरेको कुरा हामी सबैलाई अवगत छ।
यस विषम परिस्थितिमा फ्रान्समा रहनुहुने नेपाली बिद्यार्थी, साथै आफ्नो कागजी प्रक्रियामा रहनुभएका काम नहुने र सरकारी सहयोग नपाउने नेपालीहरुको पनि दैनिक जनजीवनमा समयस्याहरु आइरहेका छन । यस सम्बन्धमा समस्यामा पर्नुभएका नेपालीहरुलाई एन आर एन ए फ्रान्स र जनसम्पर्क समितिले फ्रान्सले पहिलो चरणमा केहि सहयोग गरिसक्नुभएको र अहिले पनि अन्य केहि संघ संस्थाले सहयोग गरिरहनुभएकोमा सबै सहयोगी संस्थाहरुलाइ हार्दिक धन्यबाद ज्ञापन गर्दछौं। अहिले लकडाउनको अबधि बढेकोमा समस्याहरु अवस्य पनि बढेका छन।दैनिक जनजीवनमा परेका समस्या संगै फ्रान्स सरकारबाट प्राप्त गर्न सकिने सेवा सुबिधा र कलेज र बिश्वबिद्यालय संग सम्बन्धित नयाँ बिद्यार्थी साथीहरुलाई भाषागत लगायत अन्य समस्या रहेको देखिन आएको छ।
फ्रान्स सरकारले बढाएको लकडाउन र यी तमाम समस्याहरुलाइ मध्यनजर गर्दै, फ्रान्समा क्रियाशील नेपाली संघ संस्थाहरुले ‘कोभिड १९ संयुक्त सहयोग समिति’ गठन गरि यहाँहरु बीच सहयोगको अभियान सहित उपस्थित भएको जानाकारी गराउदछौँ।
यस प्रक्रियामा हातेमालो गर्ने संस्थाहरु र तत्कालको लागि यस अभियानमा प्रतिबद्ध गर्नुभएको रकम यस प्रकार छ :
संरक्षक : नेपाली राजदुताबास , पेरिस फ्रान्स
१) एन.आर.एन.ए फ्रान्स : १५०१ यूरो
२) नेपाली जनसम्पर्क समिति फ्रान्स : ५०० यूरो
३) प्रवासी नेपाली एकता मंच :१२०० यूरो
४) तमु समाज फ्रान्स :५०० यूरो
५) नेपाली संस्कृतिक गृह: ५०० + ३०० यूरो (८०० युरो) (सुरज श्रेष्ठ १०० यूरो, हेमन्त उपाध्य १०० यूरो, नन्द कुमार थेबे १०० यूरो)
६) इनास फ्रान्स : ५०० यूरो
७) पाकोफेन नेपाल :९२५ यूरो
८) म्याग्दी समाज ( मोना फ्रान्स ): ५०० यूरो
९) तामांग घेदुङ्ग फ्रान्स :५०० यूरो
१०) नेपाली रक्तदाता संघ फ्रान्स: ५०० यूरो
११) एभेरेष्ट नेपाल एसोसिएसन ३०० युरो
१२) गोर्खा बोइज फ्रान्स : १०१ युरो
कोभिड १९ संयुक्त सहयोग समिति फ्रान्सको यस सहयोग अभियानलाई प्रभावकारी रूपमा सम्पन्न गर्नको लागि निम्न उल्लेखित उपसमिति गठन गरिएको कुरा जानकारी गराउदछौँ ।
१) आर्थिक ब्यबस्थापन उपसमिति ( यो अभियानमा सहयोग गर्न चाहने सहयोगी हातहरुले निम्न व्यक्तिहरु लाइ सम्पर्क गर्न सक्नुहुनेछ।)
सुधिर राना
लाल बहादुर सोडारी
चित्र लाल गुरुङ
मिलन तामांग
२) भाषागत समस्या समाधान उप समिति ( अफिसियल काम कारबाहीको लागि भाषा अनुवादकको रूपमा सहयोगको लागि )
सुरज श्रेष्ठ
प्रविन सापकोटा
सुमित्रा प्रधान
३) सूचना प्रबाह उपसमिति
अनिस त्रिपाठी
कमल बिक्रम के सी
सुरज श्रेष्ठ
४) तथ्यांक संकलन उपसमिति ( समस्यामा परेका व्यक्तिहरुको तथ्यांक संकलनको लागि )
प्रविन सापकोटा
नरेन्द्र शाही
भक्त बहदुर वाग्ले
हेम बानिया
सुमित्रा प्रधान
सुमन हांग राइ
५) जनचेतना अभिवृद्धि उपसमिति
सौरभ घिमिरे
सहयोग समितिले सुरु गरेको यस सहयोग अभियानलाई सम्पन्न गर्नको लागि आर्थिक पक्ष अवस्यपनि महत्वपुर्ण स्थान राख्दछ, तत्कालको लागि यस अभियानमा संलग्न संस्थाहरुले जम्मा ६८०१ यूरो संकलन गरि सहयोग कार्य सुरु गर्ने निर्णय गरेका छौँ र यस पबित्र अभियानमा हातेमालो गर्न चाहनुहुने सम्पूर्ण फ्रान्सबासी नेपाली दाजुभाई तथा दिदि बहिनीहरुलाई हाम्रो यस अभियानमा सहयोग गरी जोडिन सक्नु हुने जानाकारी सहित अनुरोध गर्दछौं ।
हाम्रो यो अभियानमा आपतमा परेका कोहि पनि नछुटुन भन्ने उदेश्य रहेको छ , तसर्थ समस्यामा परेका दाजुभाई दिदि बहिनिहरुले निम्न उल्लेखित व्यक्ति र नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं ।… थप

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here