फ्रान्सको लकडाउन अझै १ महिना सम्म कायम रहने : राष्ट्रपति एमानुएल माक्रों

फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले सोमवार साझँ देशवासीका नाममा सम्बोधन गर्दै फ्रान्समा झन्डै १ महिना देखि लागु गरिएको लकडाउन अझै करिब १ महिना सम्म (११ मे सम्म) कायम राख्ने घोषणा गरेका छन।

साझँ ८ बजे स्वास्थ्यकर्मीहरुको सम्मानमा ताली बजाउने कार्यक्रम पछि सुरु भएको राष्ट्रपतिको सम्बोधनको सुरुवातमै उनले सानो अपार्टमेन्टमा दु:ख गरेर बस्नेहरुलाइ धन्यवाद दिए। त्यसपछि उनले स्वास्थ्यकर्मीहरु देखि सवै पेशाका कामदारहरुलाइ धन्यवाद दिदै राज्यले सबैको जिम्मेवारी लिने बताए।

राष्ट्रपति माक्रोंले सोमवार बताएका केहि महत्वपूर्ण कुराहरु बुदाँगत रुपमा :

  • निम्न आय हुने परिवारलाइ तत्काल राहत स्वरुप आर्थिक सहयोग गर्ने
  • ११ मे पछि बिस्तारै विधालय र डे केयर सेन्टरहरु खोल्ने, कम्पनीहरुलाइ क्षत्र हेरेर खोल्न दिने
  • सिनेमा, संग्रालय, डिस्को, कन्सर्ट, स्टेडियम, रेस्टुरेन्ट, होटेल, आदि धेरै मान्छे जम्मा हुने ठाउँहरु १५ जुलाई सम्म बन्द रहने छन्
  • आंशिक बेरोजगारी भत्ता अझै बढाइने
  • समस्यामा रहेका बिद्यार्थीहरुको लागि तत्काल राहत कार्यक्रम ल्याउने
  • फ्रान्सका सिमा नाकाहरु (गैर युरोपियनहरुको लागि) अनिश्चितकाल सम्म बन्द हुने
  • फ्रान्सका विश्वविद्यालयहरु सेप्टेम्बर सम्म बन्द रहने
  • ११ मे पछि कामको लागि बाहिर निस्किनु पर्नेहरुलाइ नगरपालिका मार्फत मास्क वितरण गरिने
  • ११ मे पछि व्यापकरुपमा कोरोना भाइरसको परिक्षण गरिने
  • होटेल लगायतका सबै भन्दा धेरै प्रभावित व्यवसाय/कम्पनीहरुलाइ सरकारी करमा भारी छुट दिने
  • कोभिड १९ को औषधी पत्ता लगाउने दौडमा कुनैपनी मार्गलाइ बेवास्ता नगर्ने
    ….

फ्रान्समा सोमवार साझँ सम्म १४ हजार ९ सय ६७ जनाको कोरोना भाइरस संक्रमणको कारणले मृत्यु भएको छ। करिब १ लाख ४० हजार कुल संक्रमित मध्य करिब ७ हजारको अवस्था जटिल छ त्यस्तै करिब २८ हजारलाइ निको भएको छ। करिब १ महिना देखिको लकडाउन केहि हद सम्म प्रभावकारी देखिएको छ । प्रतिदिन संक्रमितको संख्या उल्लेख्यरुपमा घटेको छ। फ्रान्सभन्दा अगाडी लकडाउन गरिएका देश इटाली र स्पेनमा पनि सो अवधि अझै थपिएको थियो। गत साता विश्व स्वास्थ्य संगठनले सबै प्रभावित देशहरुलाइ हतारमा लकडाउन नखोल्न आव्हान समेत गरेको थियो।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here