प्रधानमन्त्री ओलीद्वारा आह्वान : भोली बिहान ८ बजे “राष्ट्रिय गान गाऔँ, राष्ट्रिय धुन बजाऔँ”

प्रधानमन्त्री केपी शर्मा ओलीले चिकिसत्क, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा भोलि (सोमबार) नयाँ वर्षको दिन विहान ८ बजे राष्ट्रिय गान गाउन र राष्ट्रिय धुन बजाउन आह्वान गरेका छन्  ।

संयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट नेपालले अघि सारेको कार्यक्रमलाई समर्थन गर्दै प्रधानमन्त्री ओलीले भोलि घरको छत वा झ्यालबाट राष्ट्रिय गान गाउन सामाजिक सञ्जाल मार्फत आह्वान गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘ग्लोबल कम्प्याक्ट नेपालको अनुरोध मलाई राम्रो लाग्यो । यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।’

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here