नेपालमा एकै दिनमा भेटिए तीन कोरोना संक्रमित, सम्पर्कमा रहेका २७ जना नियन्त्रणमा, खोजि जारी

चैत्र ३०:  नेपालमा थप तीन जनामा कोभिड-१९ को सङक्रमण देखिएको छ । पर्साको विरगञ्ज स्थित एक मस्जिदबाट प्रहरीले नियन्त्रणमा लिएका उनीहरुको स्वाब परीक्षण गर्दा पोजेटिभ भेटिएको हो । तीन जना वर्ष ३७, ५५ र ४४ का पुरुषहरूमा सङ्क्रमण भेटिएकोबारे स्वास्थ्य मन्त्रालयले पनि पुष्टि गरेको छ । उनीहरुलाई नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ ।

शुरुमा हेटौडामा परीक्षण गरिएका उनीहरुको रिपोर्ट पोजेटिभ आएपछि काठमाडौं स्थित राष्ट्रिय प्रयोगशालामा परीक्षण गर्दा पोजेटिभ नै रिपोर्ट आएको हो । मस्जिदमा लुकेर बसिरहेका उनीहरु सहित २७ जनालाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको छ । मस्जिदमा अन्य मानिसहरु समेत लुकेर बसेको हुनसक्ने आशंकामा पर्सा प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ । संक्रमितहरु तीनै जना भारतीय नागरिक रहेको बताइएको छ ।

यो सँगै नेपालमा कोभिड -१९ सङक्रमितहरुको संख्या १२ पुगेको छ । यी मध्ये एक जना उपचार पछि निको भएका छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here