नेपालबाट कोरोना संक्रमित ब्यक्तिहरु भारत छिराइएको भन्दै भारतीय मिडियाले अफवाह फैलाउदै

कोरोनाको डरले अहिले विश्व नै लकडाउनको अवस्थामा रहेका बेला भारतीया मिडियाहरुले कोरोना भाइरस फैलाउन नेपालबाट मान्छे भारत पठाइएको आरोप लगाइरहेका छन । भारतमा कोरोनाका बिरामीको संख्या १५ सय नाघीसकेको समयमा भारतीय मिडियाले भने नेपालबाट कोरोना संक्रमित व्यक्तिहरु प्रवेश गरेको भन्दै गम्भिर आरोप लगाएका छन ।

भारतीय सञ्चार माध्यम “आज तक” देखि अन्य न्युज च्यानलहरुले शुक्रबार नेपालबाट भारतको बिहार हुँदै कोरोना संक्रमितहरु धमाधम भारत पसिरहेको आरोप सहितका भिडियोहरु देखाइरहेका छन्।

यसरी प्रवेश हुनेमा सबै मुस्लिम रहेको र पर्सा जिल्लाको जगनाथपुर गाउँ निवासी जालिम मुखिया नाम गरेका स्थानीय नेताले उनीहरुलाई भारत पठाएको उल्लेख छ ।

 

जगरनाथपुर गाउँपालिकाले आजै एउटा विज्ञप्ति जारी गरी भारतीय मिडियामा प्रशारित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । कुनै तथ्य–प्रमाणबिना नेपाली नागरिकको चरित्र हत्या गरिएको भन्दै यो विषयमा परराष्ट्र मन्त्रालयले भारतीय दूतावाससँग खेद प्रकट गर्नुपर्ने माग गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here