फ्रान्समा शैक्षिक संस्थाहरु बन्द, खाद्यान्न र औषधि बाहेक पसलहरु बन्द, यात्रा नगर्न आग्रह

फ्रान्स सरकारले यहि १२ मार्चका दिन कोरोना भाइरस फैलिने क्रमलाइ कम गर्न कठोर निर्णयहरु लिएको छ। रास्ट्रपति एमानुएल माक्रोंले देशवासीको नाममा सम्बोधन गर्दै सम्पूर्ण बिधालयहरु र शिशु स्याहार केन्द्रहरु सोमवार बाट लागु हुने गरि बन्द गर्ने निर्णय सुनाएका थिए। त्यस्तै शनिवार १४ मार्चका दिन प्रधानमन्त्रि एडवार्ड फिलिपले सम्पूर्ण रेस्टुरेन्ट बारहरु बन्द गरिने बताएका छन ।शनिवार मध्यरात बाटै लागु हुने गरि उनले जीविकोपार्जनको लागि अत्यावस्यक पसलहरु बाहेक सम्पूर्ण अन्य जस्तै रेस्टुरेन्ट, क्याफे, सिनेमा, डिस्को आदि बन्द गर्न निर्देशन दिएका छन्। साथै सार्वजनिक यातायातका साधन प्रयोग नगर्न आग्रह गरिएको छ। ठुला कम्पनिहरुका कामदारलाइ घरमै बसेर काम गर्न वा विदा दिन प्रोत्साहन गरिने भएको छ।

युरोपका अन्य देशहरु इटाली र बेल्जियममा खाद्यान्न र औषधि पसल बाहेक सबै बन्द गर्ने निर्णय लिइसकिएको छ। १४ मार्च शनिवार बेलुका सम्म फ्रान्समा करिव ४५०० जनामा भाइरस देखिएको छ भने कम्तिमा ९१ जनाको मृत्यु भएको छ। फ्रान्समा गत ७० घण्टा भित्र कोरोना भारस बाट ग्रसित हुनेको संख्या २ गुणाले बढेको छ। यसलगत्तै फ्रान्स महामारीको तेस्रो चरण  (stade 3) मा प्रवेश गरेको छ।

यसैबीच फ्रान्समा भोलि आइतबार स्थानीय तहको चुनाव हुने भएको छ। चुनावमा भोट दिन मतदाताहरुलाइ हाइड्रोअल्कोलिक जेल, मास्क र पन्जाको ब्यबस्था गरिएको छ। महामारीको त्रासले गर्दा इतिहासमै कम संख्यामा भोट खस्ने अनुमान गरिएको छ। चुनाव प्रचार प्रसार भने ठप्प छ।  सरकारले १०० जना भन्दा बढीको संख्यामा जमघट नहुन आदेश दिएको छ। अद्यापी आजै पेरिसमा एल्लो भेस्ट आन्दोलन भएको थियो। हजारौंको संख्यामा आन्दोलनकारीहरुले सरकारको वृद्वभत्ता सम्बन्धि ल्याउन लागेको ऐनको बिरोध गर्न कोरोनाभारसको प्रभाह नगरी आन्दोलनमा उत्रिएका थिए।

प्रधानमन्त्रि एडवार्ड फिलिपको घोषणा भिडियोमा: (श्रोत BFM)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here