पोर्चुगलमा १ नेपालीमा कोरोना भाइरस, ७४ जना क्‍वारेन्टाइनमा

पोर्चुगलमा आइतबार रातिदेखि ७४ नेपालीहरु कोरोना भाइरसको संक्रमित हुनसक्ने भनि क्‍वारेन्टाइनमा राखिएका छन । लिस्बोनबाट करिब २६२ किलोमिटर टाढा फारो शहरमा कृषिमा काम गर्ने १ जना नेपालीमा कोरोना भाइरस देखिएपछि भाइरसको फैलावट रोक्न संगै काम गर्ने वा सम्पर्कमा रहेको भन्दै ७४ जना नेपालीहरुलाइ क्‍वारेन्टाइनमा रखिएको हो।

क्‍वारेन्टाइनमा रखिएको ठाउँमा प्रवेश निषेध गरिएको छ र उनीहरुको परिक्षण भैरहेको पोर्चुगलवासी एक नेपालीले बताए।

कोरोना संक्रमण देखिएका नेपालीलाइ अस्पताल लग्न सहयोग गरेका नेपालीको पनि परिक्षण गर्नुपर्ने थियो तर ति नेपाली खबर पाउना साथ भागेको र पोर्चुगल प्रहरीले रातभर खोजि गरि भेटाएपछि उनि र अन्य सम्पर्कमा रहेका नेपालीहरुलाइ नियन्त्रणमा लिएर क्‍वारेन्टाइनमा राखेको थियो।

फोटो श्रोत : सामाजिक संजाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here