फ्रान्समा एकजना सांसद र संसद भवनका कर्मचारीनै कोरोना भाइरस बाट संक्रमित

फ्रान्सको रेपुब्लिकन पार्टीका एकजना प्रतिनिधिसभा सदस्य जँ लुक रेइत्जे (Jean-Luc Reitzer) कोरोना भाइरस बाट संक्रमित भएको समाचार प्राप्त भएको छ। उनी फ्रान्सको पश्चिममा पर्ने Haut Rhin क्षेत्र बाट सांसद बनेका हुन्। यहि फेब्रुअरी २५ तारिख उनि पेरिस स्थित संसदको नियमित बैठकमा सहभागी थिए। प्रतिनिधि सभा भवनमै काम गर्ने एकजना कर्मचारीमा पनि कोरोनाको लक्षण भेटीएपछि राजनैतिक व्यक्तित्वहरुमा तनावको स्थिति सृजना भएको छ। उनि संसदिय बैठकमा सहभागी भएको दिन २५ तारिख सम्पूर्ण मन्त्रिमण्डलको उपस्तिथी रहेको थियो।

प्रतिनिधि सभाका सभामुख रिशार्ड फेरं ले बिहिवारनै एक बिज्ञप्ति जारी गर्दै मा ६९ बर्षिय सांसद रेइत्जेर कोरोना बाट ग्रशित भएको र तत्काल अस्पताल पुर्याइएको बताइएको थियो। फ्रान्समा अत्यन्तै विवादित वृद्धभत्ता सम्बन्धि संसोधन प्रस्ताव माथि संसदमा चर्काचर्की भैरहेको बेला यो घटनाले संसदीय काम कारवाहीमा असर पर्ने बताइएको छ।

विहिवार साँझसम्मको विवरण अनुसार फ्रान्समा कोरोना भाइरस बाट सातजनाको मृत्यु भएको छ भने संक्रमितको संख्या चार सय २३ पुगेको छ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here