फ्रान्समा बिशाल प्रदर्शन, सार्वजनिक यातायात ठप्प, आन्दोलन अझै लम्बिने

५ डिसेम्बर। फ्रान्समा आज (बिहीबार) देशव्यापी हड्ताल र प्रदर्शन भइरहेको छ । राष्ट्रपति इमानुएल म्याँक्रोले बृद्वभत्ता प्रणाली फेरबदल गरेर सबै क्षेत्रमा काम गर्नेहरुको भत्तामा एकरुपता ल्याउने चुनावी प्रतिबद्वता अनुरुप नयाँ व्यवस्था ल्याउने निर्णय गरेपछि कर्मचारी र मजदूरहरु देशव्यापी हड्तालमा उत्रेका हुन् । उनले ल्याउन लागेको नयाँ व्यवस्था उनको आफ्नै चुनावी प्रतिबद्वाता भन्दा केहि फरक छ।

फ्रान्समा पूर्ण बृद्वभत्ता पाउन ६२ बर्षको उमेर सम्म काम गर्नु पर्छ, अवधिको हिसाबले ४१.५ बर्ष काम गरेकाहरुले पूर्ण बृद्वभत्ता प्राप्त गर्दछन । माक्रोंले यहि व्यवस्थामा फेरबदल गरी अंकको हिसाबले बृद्वभत्ता निर्धारण गर्ने नियम ल्याउन लागेका हुन्। फ्रान्समा ४२ प्रकारका बिशेष बृद्वभत्ता छन् । उनले बिशेष बृद्वभत्ता हटाएर एकरुपता ल्याउन खोजेका छन्।

फ्रान्सका एक अति उच्च अधिकृत जँ पोल देलेभोएले तयार पारेको नयाँ मस्यौदा अनुरुप अबको व्यवस्थामा एक व्यक्तिले काम गर्न सक्ने उमेर १८ देखि ६२ बर्ष सम्म पाएको तलब, अन्य आम्दानी, उसले काम गरेको अवधि आदिको आधारमा उसले पाउने भत्ताको निर्धारण गरिने छ।

आज हुने हड्तालमा यल्लो भेस्टका आन्दोलनकारी, यातायात र शिक्षा, स्वास्थ्य, एयर ट्राफिक कन्ट्रोलर, पोस्ट अफिस आदि क्षेत्रका कर्मचारी, बिद्यार्थी, प्रहरी समेत सहभागी हुने छन् । हवाइ क्षेत्रका कर्मचारी समेत प्रदर्शनमा सहभागी हुने भएपछि एयर फ्रान्सले ३० प्रतिशत आन्तरिक उडान स्थगित गरेको छ । त्यस्तै इजीजेटले २ सय २३ वटा आन्तरिक तथा बाह्य उडान बन्द गर्न लागेको छ । फ्रान्सको उच्च गतिको रेल सेवा टिभिजीका ९० प्रतिशत रेल बन्द छन् भने पेरिसका प्राय मेट्रो रेल ठप्प छन्। अन्तर्राष्ट्रिय रेल सेवा युरो स्टार र थालिस समेत आन्दोलन बाट प्रभावित भएका छन् । सार्वजनिक यातायातका युनियनहरुले हड्ताल सोमवार सम्म लम्बिने जानकारी दिएका छन।

फ्रान्समा यस अघि सन् १९६८ मा यस्तै ठुलो आन्दोलन भएको थियो, कमजोर आर्थिक स्तरमा रहेका श्रमिकहरुको सेवा सुविधा बढाउनु पर्ने भन्दै करिब एक बर्ष अगाडी सुरु एल्लो भेस्टको आन्दोलन अझै जारि छ। यो आन्दोलनले सरकारलाइ ठुलै परिवर्तनको लागि तवाव दिने बताइन्छ। आन्दोलनलाइ बामपन्थी र चरम दक्षिणपन्थीहरुले समर्थन गरेका छन्। दुइ पुर्व ठुला पार्टी सोसियललिस्ट र रेपब्लिकन पार्टीको अवस्था अहिले धेरै कमजोर छ, उनीहरुले आन्दोलनलाइ आंसिक समर्थन गरेका छन्, विगतमा उनीहरुले पनि बृद्वभत्तामा येस्तै परिवर्तन गर्न खोजेकोले खुलेर बिरोध भने गर्न सकेका छैनन् । सदनमा बहुमत मक्रोंको मध्यमार्गी पार्टीको रहेको छ।

संभावित हिंसालाई ध्यानमा राख्दै राजधानी पेरिसमा ६ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । फ्रान्सभरी करिब २ देखि ३ लाखको संख्यामा आन्दोलनकारीहरु सडकमा उत्रिने बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here