गढीमाई मेलामा दशौँ हजार रांगाको बली, पशुबलीविरूद्ध अन्तर्राष्ट्रिय चर्चा, हस्ताक्षर अभियान

साढे तीनवर्षअघि सर्वोच्च अदालतले गढिमाईमेलामा पशुबली रोक्ने सम्बन्धमा दिएको फैसला विपरित मंगलबार बाट गढीमाईमेलामा करिब १० हजार पशुपन्छी काटन सुरु गरिएको छ। बलि दिनको लागि १ महिना देखि ५ बर्ष सम्मका राँगा, बुढा वा थारा भैसी, परेवा, हाँस, सुँगुर आदि ल्याउने काम भैरहेको थियो। भारत तथा नेपालका विभिन्न क्षेत्रबाट राँगा ल्याउने क्रम अझै जारी रहेको छ । बुधवार बेलुकासम्म करिब १५ हजारको हाराहारीमा राँगा काटिने अनुमान रहेकोमेला व्यवस्थापन समितिले जनाएको छ ।

बधशालामा भएका राँगालाई मार हान्न खटिएका व्यक्तिहरुलाई प्रशासनले लाइसेन्स दिने गरेको थियो । तर यस वर्ष सर्वोच्च अदालतको आदेशका कारण मेला व्यवस्थापन समिति र गृह प्रशासनले मार हान्ने व्यक्तिहरुलाई लाइसेन्स उपलब्ध गराएको थिएन। सर्वोच्च अदालतले उसको फैसलामा सरकारलाई बलिप्रथा रोक्नका लागि एउटा कार्यदल गठन गरेर, स्पष्ट रणनीति बनाई, निश्चित समयसीमा तोकेर त्यसतर्फ काम गर्न भनेको थियो।

व्यक्तिगत रुपमा गरिने बली तत्काल नरोकिए पनि कम्तिमा विभिन्न संघसंस्थाले संगठित रुपमा गरिने ठूलो संख्याका बलिहरु, जुन अझ बढि निर्मम हुन्छन्, तिनिहरुबाट रोक्न शुरुवात गर्नुपर्ने अभियानकर्ता मध्येका एक मनोज गौतमले बताएका छन्।

मिडियालाई निषेध
यसपटक गढीमाई मेलाको रिपोर्टिङ गर्न पुगेका पत्रकारहरुलाई मेला आयोजक समिति र मुल पुजारीकै परिवारबाट दुव्र्यहार भएको छ । उनीहरुले सञ्चारकर्मीबाटै पशुबलिको विरोध भएको भन्दै दुव्र्यवहार गरेको नेपाल पत्रकार महासंघ, पर्साका पूर्वअध्यक्ष लक्ष्मी शाहले बताएका छन् । पुजापछि दिईने पञ्चबली र राँगा काटिने स्थलको समेत फोटो वा भिडियो अन्तर्वार्ता खिच्नका लागि मेला समितिले रोक लगाएको छ।

अन्तरास्ट्रिय चासो 
बलिप्रथा विरुद्व बिशेष गरि बिश्वकै ठुलो बलि दिने पर्व भनिने गढीमाईमेलाको बिषयमा अन्तरास्ट्रिय समुदायले चासो दिने गरेको छ। हरेक तिहारमा गाइ कुकुर र कागलाइ पुजा गरेको फोटो रोचकताका साथ फोटो शेयर गर्ने बिदेशीहरुले यसपटक भने गढीमाईमेलाका दृश्य शेयर गर्दै यसलाई रोक्न हस्ताक्षर अभियाननै चलाएका छन्। यस्तो अभियान चलाउने मध्य प्राय पशुपन्छी संरक्षणको उदेश्य बोकेका संघ संस्थाहरु छन्।

फ्रेन्चहरुले संकलन गरेको हस्ताक्षर अभियानमा हालसम्म १२ हजार ९ सयले हस्ताक्षर गरेका छन्। Change.Org र avaaz.org को मध्यम बाट पनि लाखौँ नेपाली तथा बिदेशीहरुले मेलामा हुने बलि रोक्न अपिल गरेका छन्। 

https://www.mesopinions.com/petition/animaux/festival-gadhimai-nepal/11250

बिभिन्न देशबाट प्रकाशित हुने अन्तरास्ट्रिय पत्रपत्रिकाहरुले यसलाइ प्राथमिकताका साथ समेटेका छन्

फ्रान्सको पशुपन्छी संरक्षण गर्ने सँस्था

कतारबाट प्रकाशित हुने पत्रिका

कतारबाट प्रकाशित हुने पत्रिका Al jazeera

सिङ्गापुरबाट प्रकाशित हुने अनलाइन पत्रिका

बेलायतबाट प्रकाशित हुने पत्रिका

बेलायतबाट प्रकाशित हुने पत्रिका

क्यानाडाबाट प्रकाशित हुने पत्रिका

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here