पोर्चुगलबारे भ्रामक समाचार, पोर्चुगलबासी नेपालीहरुको आपत्ती, एनआरएन द्वारा खेद प्रकट

पोर्चुगलमा नेपालीहरुको अवस्थाबारे समय समयमा गलत र भ्रामक समाचारहरु भाइरल हुने गर्दछ। नेपालीहरुको सहज र आकर्षक (र केहिका लागि बाध्यात्मक) गन्तब्य स्थान हो पोर्चुगल। अहिले पोर्चुगलमा ३० हजार नेपाली बसोवास गरिरहेको अनुमान छ । आप्रवासीहरु प्रति उदार देश भएकोले सजिलै कागज बनाउने उद्देस्यले नेपालीहरु पोर्चुगल होमिने गर्दछन् । केहि दलालहरुले त्यहि उदार कानुनको आधारमा ठगी धन्दा चलाइरहेको धुर्वसत्य कुरा हो।

युरोपका अन्य देशमा विद्यार्थीका रूपमा आएका, वर्क परमिटमा वा सेन्जेनको भिजिट भिसामा अएका धेरैको अन्तिम उपाय पोर्चुगलनै बन्ने गरेको छ। यहाँ आउनेको संख्या दिन प्रतिदिन बढ्दो छ। उनीहरुको उदेश्यनै यहाँको पासपोर्ट बनाउनु हुन्छ । पोर्चुगलमा काम गरेर ट्याक्स तिरेपछि र आवस्यक कागजपत्र बुझाए पछि अस्थाई कार्ड बन्छ । कार्ड बनेको ५ वर्षपछि पासपोर्टको लागि आवेदन गर्न पाइन्छ। पासपोर्ट पाएपछि केहि नेपालीहरु अन्य देशमा गएर काम गर्छन केहि पोर्चुगमै ब्यबसाय वा राम्रो जागिर गर्दछन। तर कागज बनाउने प्रक्रिया त्यति सजिलो भने छैन। सबै कागज प्रक्रिया पुर्याउन र सँगसँगै जिविकोपार्जन गर्न धेरै कठिन भएको त्यहाका नेपालीहरु बताउछन। त्यसमाथि भाषाको समस्या, बस्ने ठाउँ पाउन गार्हो, र काम खोज्न दौडधुप त छदैछ। अन्य केहि युरोपिएन देशमा भन्दा जिविकिपर्जन गर्न कठिन भएपनि कोहि सडकमै सुत्नु पर्ने अवस्था भने नभएको पोर्चुगलबासी नेपालीहरु बताउछन।

केहि दिन अगाडीमात्र राष्ट्रिय समाचार समिति (रासस) द्धारा प्रकाशित ‘पोर्चुगलमा सडकमै सुत्छन् नेपाली’ नाम शिर्षकमा विभिन्न मेडियामा सडकमा मान्छेहरु सुतेको फोटो आदि प्रयोग गरि भाइरल बनाइएको समाचारप्रति पोर्चुगलबासी नेपालीहरुले खेद प्रकट गरेका छन् । एनआरएन पोर्चुगलका अध्यक्ष तिलक गैरले समेत आफ्नो ध्यानाकर्षण भएको जनाउँदै उक्त समाचार प्रति खेद प्रकट गरेका छन् ।

केहि कुलतमा लागेका व्यक्तिहरु सडकमा सुतेको पाइएको, र त्यस्तो अवस्थामा कोहि भेटिएमा नेपालीहरुलेनै उद्वार गर्ने गरेको त्यहाँका नेपालीहरु बताउछन। बिभिन्न कठिनाइको कारण डिप्रेसन र कुलतमा फसेका केहि व्यक्तिहरुलाइ लिएर सम्पूर्ण पोर्चुगलबासी नेपालीहरुको अवस्था खराब भएको भनि गरिएको प्रचार प्रसारले नेपालमा परिवारका सदस्यहरु भयभित हुने गरेको र स्वयं आफुहरुलाइ पनि दुखित बनाउने गरेको उनीहरुको गुनासो रहेको छ।

गत मंगलबार राससमा प्रकाशित उक्त समाचारले व्यक्त गर्न खोजेको कुरा सत्य भएता पनि शिर्षक र तस्विरले त्यसको गलत अर्थ दिएको धेरैको बुझाइ छ, समाचारमा कुलतमा लागेर केहि व्यक्तिहरु सडकमा सुतेको कुरा उल्लेख गरिएको छ। त्यहि समाचारलाइ भ्रमपूर्ण शिर्षक र तस्विर राख्दै अनलाइनहरुमा साभार हुन् थालेपछि सामाजिक सञ्जालमा चर्को विवादको अवस्था सिर्जना भएको हो। केहि महिना अगाडी “पोर्चुगलमा नेपाली सुकुम्बासी बस्ती” शिर्षकमा त्यस्तै समाचारहरु बनाइएका थिए।

समाचारको बारेमा एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरेले सामाजिक सञ्जालमा राखेको धरणा :

ध्यानाकर्षण सम्बन्धमा !
रा स स मा आज प्रकाशित ‘पोर्चुगलमा सडकमै सुत्छन् नेपाली !’ शिर्षकको समाचार नामको कथा प्रति NRNAपोर्तुगलको गम्भिर ध्यानाकर्षण भएको छ । दुइ चार जना दुब्र्यशनको शिकार भएका युवाहरु, परिवार एबम समाजको अथक प्रयासका बाबजुद सडकमा पनि भेटिने गरेको तथ्यलाई अतिरंजित गरि रा स स जस्तो बिश्वश्नीय संस्थाले हचुवा र काल्पनिक रुपमा समाचार प्रकाशन गर्नु अत्यन्त खेदजनक कार्य भएको हाम्रो ठहर छ ।

पोर्तुगलमा अन्य आप्रबासी समुदायको तुलनामा नेपाली समुदाय परिश्रमी, इमान्दार र कर्तब्यपरायण रहेको तथ्य पोर्तुगलमा कसैबाट छिपेको छैन । र दुब्र्यशनको कूलतमा फसेका ती केहि व्यक्ति लाइ rehabilitation मा राख्ने, परिवारसँग सम्पर्क गरि नेपाल फर्काउने, पोर्तुगलमा रहेका परोपकारी संघ संस्था मार्फत सहयोग गर्ने आदि कुरा गरिरहेको यथार्थ कुरा थाहा पाउदा पाउँदै, तथा हामिले गरिरहेको र थप केहि गर्ने योजनामा रहेको कुरा बताएपछि, उक्त कुराहरुलाइ पत्रकारले उल्टै यस्तो गर्न सकिन्छ भनेर हामीलाई नै सुझाब दिने कुचेष्टा गरेको प्रति पनि हाम्रो खेद छ ।

अन्त्यमा तथ्यहिन रुपमा पोर्तुगलमा रहेका स्वाभिमानी नेपाली आप्रबासीहरुको मानमर्दन हुने गरि बदनियतपूर्वक लेखिएको उक्त समाचारमा कुनै सत्यता नभएको जानकारी गराउर्छौं । तथा उक्त भ्रामक समाचार प्रति चासो राख्नु भएकोमा गैर आवाशीय नेपाली संघका केन्द्रीय अध्यक्ष कुमार पन्तज्यूलाई धन्यवाद दिंदै सम्पूर्ण मित्रहरु र परिवारजनहरुलाई उक्त बहकाउ को पछि नलाग्न आग्रह गर्दै, उक्त भ्रमपूर्ण समाचारको रा स स ले खण्डन प्रकाशन गरोस् भनि माग समेत गर्दछौं ।

तिलक गैर
अध्यक्ष, गैर आवाशीय नेपाली संघ, पोर्तुगल

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here