मालीमा हेलिकप्टर दुर्घटना, १३ जना फ्रान्सेली सैनिकको मृत्यु

मालीमा इस्लामिक आतंककारीहरु विरुद्व तैनाथ फ्रान्सेली सेनाको हेलिकप्टर दुर्घटनामा परी १३ जना सैनिकको ज्यान गएको छ । फ्रान्सको राष्ट्रपति कार्यालयले हेलिकप्टर दुर्घटनामा १३ जना फ्रान्सेली सेनाको मृत्यु भएको पुस्टि गरेको छ। इस्लामिक आतंककारीहरु विरुद्ध जारी एक सैन्य कारबाहीका क्रममा सोमवार दुइ हेलिकप्टर एक आपसमा ठोक्किदा उक्त दुर्घटना भएको रक्षा मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति इमानुअल माँक्रोले हेलिकप्टर दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । माँक्रोले एक विज्ञप्ति जारी गर्दै मृतक सैनिकका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

माली, नाइजर, बुर्किना फासो र चाडमा स्लामिक लडाकू विरुद्धको लडाईमा सघाउनका लागि फ्रान्सका करिब ४५ सय सैनिक तैनाथ छन् ।  सन् १९८३ देखि फ्रान्सेली सेनाले एकैपटकमा यति ठुलो संख्यामा मानवीय क्ष्यति व्यहोरेको थिएन। मालीमै तीन हप्ताअघि सडकमै गस्ती गरिरहेका बेला बम विस्फोटमा परी एक जना सैनिकको मृत्यु भएको थियो ।  हेलिकप्टर दुर्घटनाबारे विस्तृत विवरण आउने बाँकी छ । फ्रेन्च आर्मीमा करिब ७०० नेपालीहरु कार्यरत छन्। प्राप्त विवरण अनुसार उक्त हेलिकप्टर दुर्घटनामा कोहि नेपालीहरु परेका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here