नापी बिभागले जारी गरिएको नक्सामा लिम्पियाधुरा किन छैन ?

नापी बिभागले वेबसाइटमा राखेको अधिकारिक नक्सा नक्सा 

नेपालका दुइओटा ठुला पार्टी नेकपा र कांग्रेसले कालापानी बिषयलाइ रास्ट्रिय मुद्वा नभई राजनैतिक मुद्वा बनाइरहेको बेला नेपालीहरुमा यस बिषयमा भ्रम फैलाउने काम भैरहेको छ।

नेपाल–भारत सीमा समस्याको प्रमुख कारण पश्चिमी सीमा बिन्दु यकिन नहुनु नै हो। सुगौली सन्धिअनुसार काली (महाकाली) नदी सीमा हो। भारतीय पक्षले पनि काली नदी नै सीमा हो भन्ने स्वीकार गरे पनि उसले अर्कै खोलालाई काली नदी मान्छ। भारतले ३० किलोमिटर पूर्व कृत्रिम नदी बनाएर त्यसलाई ‘काली’ भन्दै आएको छ। खास कालीलाई कुटियांगदी नामकरण गरी त्यहींबाट नेपालको सामरिक क्षेत्र कालापानी, लिपुलेक र लिम्पियाधुरा उता परेको भारतले देखाएको छ। विवाद यहींबाट उठान भएको हो।

कहाँ हो नेपालको पश्चिमी सिमाना

नेपाल र चीनबीच भएको सन्धिको दफा १ को उपदफा १ मा चीनसँगको नेपालको पश्चिमी सीमारेखा काली नदी र तिंकर नदीको पानी ढलो सम्मिलित भएको स्थानबाट प्रारम्भ हुन्छ भनिएको छ। सो दफामा यो दक्षिणपूर्व कर्णाली (माचपु) नदीका सहायक नदी तथा तिंकर नदी र सेती नदीको पानी ढलो हँुदै लिपुधुरा हिमालको शृंखला र लिपुधुरा (तिंकर लिपु) भञ्ज्याङबाट गुजरी उराई (पेल्हिन) भञ्ज्याङतर्फ जान्छ भनिएको छ।

भारतमा शासन गरेको इष्ट इन्डिया कम्पनीद्वारा सन् १८२७ फेब्रुअरी १ मा प्रकाशित गडवाल कुमाउको नक्सामा प्रष्ट रुपमा काली (महाकाली) नदीको उद्गमस्थल लिम्पियाधुरा देखाइएको छ। बेलायतबाट सन् १८३० मा प्रकाशित भएको अर्काे नक्सा, १८४६ फेब्रुअरी १६ मा लन्डनबाटै प्रकाशित नक्सालगायत त्यसबेलाका सम्पूर्ण दस्तावेजहरुमा काली नदीको मुहान लिम्पियाधुरा भएको उल्लेख छ।

नागरिक समाजका तर्फबाट गठन गरिएको सीमा बचाऊ अभियानले लिमपियाधुरा, लिपुलेक र कालापानी समेटेर सार्वजनिक गरेको नक्सा 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here