सिमा विवाद : नेकपा–काँग्रेसको दोहोरी, “देउवाले तुच्छ चुनावी स्वार्थका लागि घातक र अक्षम्य धारणा व्यक्त गरे”

भारतले एकतर्फि रुपमा जारी गरेको नक्साको विषयमा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले दिएको अभिव्यक्तीको सामाजिक सञ्जालमा आलोचना भई रहेको छ। उप-निर्वाचनको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा देउवाले भारतले प्रधानमन्त्री ओलीसँग सल्लाह गरेर नै नक्सा जारी गरेको बताएका थिए। उनले भनेका छन्– “ओलीसँग भित्रीरुपमा सल्लाह गरेरै भारतले नक्सा छापेको हो, यो त्यस्सै छाप्छ ? ओलीको सहमतिबिना छाप्नै सक्दैन ।” उनले आफू प्रधानमन्त्री भएका बेला महाकाली सन्धि भएको र त्यतिबेला महाकालीलाई सीमा नदी मानिएको दाबी पनि प्रस्तुत गरे ।

प्रमुख प्रतिपक्षी दलका नेता तथा छाँया सरकारका प्रधानमन्त्री समेत रहेका देउवाको उक्त विवादास्पद अभिव्यक्ती प्रति समाजिक सञ्जाल प्रयोगकर्ताले प्रतिक्रिया जनाउँदै आरोप प्रमाणित गर्नु पर्ने वा आत्मालोचना सहित जनतासँग माफि माग्नु पर्ने भन्दै सभापति देउवाको सर्वत्र आलोचना भैरहेको छ। यस्ता हल्का टिप्पणी गर्नु भन्दा सरकारलाइ भारत सँग छिट्टो बार्ताको लागि दवाव दिन प्रतिपक्षले बिषेश रचनात्मक भूमिका खेल्नुपर्ने तर्क राजनैतिक विश्लेषकहरुको छ।

देउवाको आरोपको जवाफमा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पनि देउवाले संविधान जारी भएपछि भारतसँग आत्मसमर्पण गरेको बिर्सिएको आरोप लगाएका छन्। उनले टनकपुर सन्धि कसैले नबिर्सेको पनि बताए। टनकपुर सन्धि हामीले बिर्सेका छैनौँ, जसलाई सर्वाेच्च अदालतले गलत भनिसकेको छ। त्यो सन्धिबारे देउवाको भनाई के हो? उनले सोधे, यो कस्को पालामा भएको हो ? त्यसैले आरोप लगाउँदा सत्यमा आधारित मात्रै लगाउनुपर्छ। उनले अझ थपे : नाकाबन्दीमा एक शब्द बोल्न नसक्ने, म्याउँ गर्न नसक्ने, अहिले चाहिँ चुनाव आयो भनेर ढाडे बनेर कुर्लिएर हुन्छ ? चुनाव हार वा जितसँग यस्ता विषय ल्याएर जोड्नु हुँदैन ।’

भारतले जारी गरेको राजनीतिक नक्साप्रति नेपालको इतिहासमै पहिलो पटक नेपालको सिटिङ प्राईमिनिस्टर ले म यो मान्दिनँ, नेपालका लागि यो स्वीकार्य छैन भनेर बोलेको उनको दाबी छ। शेरबहादुर देउवाले संविधान जारी भएपछि भारत भ्रमणमा जाँदा भारतीय नेतृत्वसँग बसेर सार्वजनिक समारोहमा “बाबा! त्यो संविधान तिम्ले भने बमोजिम नै के के गर्छु भनेर बकबकाएको त अहिले पनि देखिन्छ यो ओपन कुरा हो“। मैले लगाएको आरोप होइन, भिडियो हेर्नुस उनले भने।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय नक्साको विषयमा नेपाली का‌ंग्रेस पार्टीका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तुच्छ स्वार्थका लागि अक्षम्य धारणा व्यक्त गरेको बताएका छन् ।

कांग्रेस नेता शेखर कोइरालाले यो बिषयमा भनेका छन् : “प्रधानमन्त्रीजीले नै पूर्वप्रधानमन्त्रीहरू, परराष्ट्रमन्त्रीहरू र परराष्ट्र मामलाका जानकारहरू राखेर सर्वदलीय बैठक गरी कालापानी, लिम्पियाधुरा र लिपुलेकबारे सहमति बनाउनुभएको हो । तर, कांग्रेस सभापतिको भनाइ कसरी र किन आयो म अचम्मित छु ।”

साझा पार्टीका नेता डा सुर्य राज आचार्यले पनि देउवाको भनाइ प्रति असहमति जानाएका छन।

देउवाका विवादिद सम्बोधन

त्यसो त पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा पछिल्लो समय केही विवादीत सम्बोधनका कारण चर्चाको शिखरमा छन् । देउवाले बोलेका यस्ता सम्बोधनले कांग्रेसको सिंगो राजनीति तथा पार्टी कार्यकर्तालाई धेरै असहज हुने गरेको देखिएको छ। उनका कार्यकर्ताहरुले उनले बोलेको कुराहरुको बचाऊ गरेको देखिदैन । विप्लव प्रकरणमा “सरकारले लगाएको प्रतिबन्धको कांग्रेस स्वागत गर्छ, विप्लव समुहलाइ कारबाहि गर्नुपर्छ” भनि सम्बोधन गरेको पर्सिपल्ट आफ्नै पार्टीका नेताहरुको दवाव पछि “विप्लवलाइ प्रतिबन्ध लगाउनु हुदैन बार्तामा ल्याउनु पर्छ” भन्न भ्याएका थिए।

बम विस्फोट एंव ईंटाभट्टामा जिउँदै मानिस पोलेको आरोपमा पक्राउ परेका रौतहटका सांसद मोहम्मद अफताब आलमको बचाऊमा देउवाले बोले । उनले अफताबको पक्राउलाई कांग्रेसविरुद्धको षड्यन्त्रको संज्ञा दिए । १२ वर्षअघि भएको घटनालाई कोट्याएर सरकारले कांग्रेसलाई प्रहार गर्न थालेको उनको टिप्पणी थियो । उक्त सम्बोधनबारे सोसल मिडियामा चर्को आलोचना खेपेपछि उनले विज्ञप्ति नै जारी गरेर आलममाथिको अनुसन्धानलाई कांग्रेसले सहयोग गर्ने बताए ।

४ पटक प्रधानमन्त्रि बनेका र प्रमुख प्रतिपक्षका दलका शिर्ष नेताले बोलेको कुरा नेपालमा मात्र नभई छिमेकि देशमा पनि तरंगको रुपमा फैलिन सक्ने हुन् सक्छ। राजनैतिक हलचल ल्याउन सक्ने यस्ताकुरा बोल्दा कुनै आधार र प्रमाण भए त्यसलाई सार्वजनिक गर्न देउवालाइ दवाव पर्न सक्ने देखिन्छ। देउवाले कस्तो सूचना पाएर प्रधानमन्त्री ओलीमाथि खनिएका हुन् वा बिरोधको लागि मात्र बिरोध गरेका हुन्, यो विषय भने भविस्यमा खुल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here