भारत: बलात्कारीलाइ इन्काउन्टरमा मारेपछि प्रहरीलाइ महिलाहरुले राखी बाँधे, सर्वत्र समर्थन

भारतको हैदरवादमा बलात्कारपछि हत्या काण्डमा पक्राउ परेका चार अभियुक्तलाई प्रहरीले आज (शुक्रबार) बिहान गोली हानेर मारेको छ।

गत हप्ता एक पशु चिकित्सक महिलालाई बलात्कारपछि जलाएर मारेको अभियोगमा पक्राउ परेका चार अभियुक्तलाई प्रहरीले गोली हानेको हो। शुक्रबार बिहान ३ बजे ती महिलाको शव भेटिएको स्थानमा अनुसन्धानका लागि प्रहरीले ती चार अभियुक्तलाई लिएर गएको थियो, राति महिला चिकित्सक जलाइएकै स्थानमा लगेर उनीहरुलाई इन्काउन्टर गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

हैदराबाददेखि करिब ५० किलोमिटर टाढा पर्ने महबूब नगरस्थित चटनपल्ली गाउँमा बलात्कार एवं हत्यामा संलग्न अभियुक्तहरुलाई तेलङ्गना प्रहरीले गोली ठोकेको हो। आफुहरुमाथि नै आक्रमण प्रयास गरेपछि प्रतिकार गर्दा अभियुक्तहरु मारिएको प्रहरीले दाबी गरेको छ।

गत साता ती डाक्टरका परिवारले छोरी हराएको खबर गरे पनि तत्काल कदम नचालेको भन्दै तीन प्रहरीलाई निलम्बन गरिएको थियो।

आरोपीहरुलाई हैदराबाद प्रहरीले गोली हानेर मारेपछि त्यहाँका महिलाहरु प्रहरीलाई स्वागत गरेकी छन् । प्रहरीलाई त्यहाँका महिलाहरुले महिलाको रक्षकको संज्ञा दिँदै राखी बाँध्नुका साथै पुष्प वर्षा पनि गरी भव्य स्वागत गरेका थिए। राखी बाँध्दै त्यहाँका जनताहरुले हैदरावाद प्रहरी जिन्दावादको नारा समेत गुञ्जायमान गरेका थिए  ।

बलात्कारपछी हत्याको घटनालाइ लिएर सडकमा लाखौँ मान्छेहरु उत्रिएका थिए, बलिवुडका सेलिब्रिटी देखि संसदहरु सबै दोषीलाइ फाँसीको सजायहुनु पर्ने माग राख्दै आवाज उठाईरहेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here