
तीन बर्ष अगाडी ब्राजीलमा भएको रियो ओलम्पिकमा नेपालबाट सात जना खेलाडीले सहभागीता जनाएकोमा सर्वत्र चर्चामा रहेकी थिईन् गौरिका सिंह। कारण थियो रियो ओलम्पिकमा उनी सबैभन्दा कान्छि खेलाडी थिईन।

कञ्चनपुरको भीमदत्त नगरपालिका स्थाई बसोबास भइ पछिल्लो समय परिवारसंगै लण्डन बस्दै आएकी गौरिका अहिले नेपालका लागि “कीर्तिमानी जलपरी” भएकी छिन्। सानैदेखि पौडीमा सोखिन उनले बेलायतको एक चर्चित क्लवमा पौडी प्रशिक्षण सुरु गरेकी थिईन्।
सिंहले जारी सागमा इतिहास रचेकी छिन् । उनले ४ वटा स्वर्ण पदक जित्दै इतिहास रचेकी हुन् । गौरिकाले सोमबार १०० मिटर फ्रीस्टाइल ५८.१३ सेकेन्डमा पूरा गर्दै भारतीय खेलाडीलाइ ०.०२ सेकेन्डले पछाडि पारेर चौथो स्वर्ण पदक जितेकी हुन् । १३ औं सागमा गौरिकाले ४ स्वर्ण, २ रजत र २ कास्य पदक जितेकी छन् ।
एउटै सागमा कुनैपनि नेपाली खेलाडीले ४ वटा स्वर्ण जितेको यो पहिलो पटक हो ।