पेरिसमा इनास फ्रान्सको दसैँ तिहार धमाका भब्य रुपमा सम्पन्न

लक्ष्मण गगन, अन्तरास्ट्रिय कलाकार समाज (इनास) फ्रान्सको आयोजनामा २० अक्टोबर, आइतबारका दिन फ्रान्सको पेरिसमा ‘दसैं-तिहार धमाका’ नामक बृहत सांस्कृतिक कार्यक्रम भब्य रूपमा सम्पन्न भएको छ।

रास्ट्रिय गानबाट बिधिबत रुपमा सुरु गरिएको उक्त कार्यक्रममा नर्बेबाट आएका अतिथि गायक बिष्णु क्षेत्रिले राष्ट्रिय भावनाले ओतप्रोत ‘जय नेपाल ‘ शिर्षकको गीत प्रस्तुत गर्दै सबैलाई मन्त्र मुग्ध बनाएका थिए । उनको यो आफ्नै गीतको म्युजिक भिडियो फ्रान्सको आभाष आचार्य प्रोडक्सनले गर्ने घोषणा गर्दै दोस्रो चरणमा अरु केहि गीत गाउदा दर्शकहरु नाच्न बाध्य भएका थिए । अर्का अतिथि गायक बेल्जियमका इनास स्टार लाहुरे कान्छाले समेत कार्यक्रममा सबैलाइ प्रभावित बनाउन सफल भएका थिए भने नित्य राइ, दृश्य नेपालले ट्रयाकमा आ-आफ्ना प्रस्तुति दिएका थिए । पेरिसमै बसोबास गर्ने ५० जना भन्दा बढी कलाकारहरुको आकर्षक एकल तथा सामुहिक नृत्यले माहौल निकै तताएको थियो ।

संस्थाका महासचिब महेन्द्र अधिकारी, सचिब भुवन आले र सोफिया बस्नेत आचार्य द्वारा उदघोषण गरिएको उक्त कार्यक्रमको प्रमुख आकर्षण लाइभ लोक दोहोरीको साथै पप कन्सर्ट रहेको थियो ।

पेरिसका केहि कलाकारको समूह ‘नेपाली ज्यम्स सेसन’को पप कन्सर्टमा सुनिल लामासंगै सरोज राइ, सोनम घले अनि फ्रेन्च फरेन लेजनका मनोज राइ तथा उमेश बन्जाराको बेजोड सांगीतिक संयोजनमा दर्शकहरु झुमेको देखिन्थ्यो र लोक दोहोरी घन्किदा मन थाम्न नसकेर जुरुक्क उठेर ननाच्ने कोहि थिएन । कलावती बिश्वकर्मा, सुजन राज भट्ट, गंगा आचार्य, नबिन परियार, गीता शर्मा, बिमला बिश्वकर्मा र घनश्याम पौडेलको दोहोरीले साँझपखको प्रहरलाइ दोहोरी साँझमा रूपान्तरीत गरेको भान हुन्थ्यो। कार्यक्रमको अन्तमा भने इनास फ्रान्सका उपाध्यक्ष आभाष आचार्यको रकिंग प्रस्तुतिले दर्शकहरुलाइ छुट्टै मजा दिलाएको अनुभूति हुन्थ्यो ।

लामो समय देखिको दौडधूप अनि इनास कार्यसमितिका सदस्यहरुको अथक मेहेनत, कार्यक्रमको सहयोगी बिधार्थी संघ फ्रान्स तथा कार्यक्रमलाइ स्पोन्सरसिप गर्न हात अगाडी सारिदिने पेरिस स्थित स्थानीय नेपाली व्यावसायीहरु र अन्य उदार व्यक्तित्वहरुको सदभाव र सहानुभूतिकै कारण पेरिसमा यो बृहत कार्यक्रम हुन् सफल भएको कुरा कार्यक्रम संयोजक सुरेश लामाले जानाकारी दिनुभएको छ । उक्त कार्यक्रमलाइ सफल बनाउन बिद्यार्थी भाइबहिनिहरु निकै खटेका देखिन्थे ।

पेरिसमा यो स्तरको मनोरञ्जनात्मक कार्यक्रम र यति धेरै कलाकारहरुले एकै मंचमा प्रस्तुति दिएको सायद फ्रान्सको इतिहासमा पहिलो पटक नै थियो भनेर दाबी गर्नेहरु पनि थुप्रै भेटिएका थिए । इनास फ्रान्सका अध्यक्ष प्रविन सापकोटाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल राजदुतावास फ्रान्सका उपनियोग प्रमुख खड्ग प्रसाद ढकाल तथा बिशेष अतिथि इनास ग्लोबलकि संरक्षक निता श्रेष्ठ हुनुहुन्थ्यो भने फ्रान्सका विभिन्न संघ-संस्थाहरुबाट अध्यक्षहरु लगायत प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here