आज महाकवि देवकोटाको १११ औँ जन्मजयन्ती

नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औँ जन्मजयन्ती आइतबार स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाण्डौको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उहाँले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिनुभएकाे छ । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाउनुभयो । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्नुभएका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो । उनले ६ वटा महाकाव्य र ३६ वटा खण्ड काव्य समेत गरी जम्मा ८४ वटा साहित्यिक कृति छोडेर गएकाछन् । तर अझ पनि ४५ वटा कृति अप्रकाशित नै छन् । यिनै बहुआयामिक प्रतिभाका धनी लोकप्रिय स्रष्टा महाकवी देवकोटा आज पर्यन्त अमर बनेर नेपालीहरुको दिल भित्र बसेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here