गोर्खाली सामाज फ्रान्सको देउसी भैलो कार्यक्रम सम्पन्न

फ्रान्स, प्रकाश सापकोटा/ सुजन राज भट्ट, गोर्खाली सामाज फ्रान्सले यहि २६ अक्टुबर शनिवार साँझ संस्थाका उपाध्यक्ष रामेश्वर श्रेष्ठको घरमा देउसी भैलो कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ ।

गोर्खा समाजले कार्यक्रममा सबै नेपाली संघसंस्था लगायत फ्रान्सवासी नेपालीहरुलाई निमन्त्रणा गरि गत बर्ष झैँ हर्षोल्लासका साथ पेरिसमा देउसी भैलो कार्यक्रम सम्पन गरेको हो। तिहार बिशेष बिभिन्न नेपाली खानाका परिकार भैलीनीहरुको देउसिरे गित र नाचगानका साथ कार्यक्रम भब्य र सफल भएको थियो।

नेपालीहरुको बिबिध चाड पर्ब, कला संस्कृतिको जगेर्ना पनि गर्ने र गोर्खा सामाज फ्रान्सले संस्थाको आपतकालीन कोषमा आर्थिक संकलन गर्ने उद्देस्यले आयोजना गरेको उक्त कार्यक्रममा १५६० युरो संकलन गर्न सफल भएको संस्थाकी कोषाध्यक्ष नानु देवकोटाले जानकारी दिनुभयो।

कार्यक्रममा एन आर एन ए फ्रान्सका संस्थापक अध्यक्ष तथा गोर्खाली सामाज फ्रान्सका अभिभावक हरिहर अर्याल, सल्लाहकार तथा एन आर एन ए फ्रान्सका पुर्व अध्यक्ष निर्मल अर्याल, सल्लाहकार सुक गुरुङ, एनआरएन फ्रान्सका अध्यक्ष नरेन्द्र शाही, इनास फ्रान्सका अध्यक्ष प्रविन सापकोटा लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिताका साथ पेरिसवासी नेपालीहरुको बाक्लो उपस्तिथी रहेको थियो ।

बिगतमा गोर्खाली समाजले फ्रान्समा सामाजिक, संकृतिक र खेलकुद कार्यक्रममा सक्रियता जनाउनुका साथै नेपालमा बिभिन्न क्षेत्रमा आर्थिक तथा मानवीय सहयोग गर्दै आइरहेको छ। कार्यक्रमको तयारीमा संस्थाका सल्लाहकार दोय निर्मल अर्याल, सुक गुरुङ उपाध्यक्ष रामेश्वर श्रेष्ठ सक्रिय सदस्यहरू लुक लामा, रञ्जित भट्ट लगायतले योगदान गर्नुभएको थियो। गोरखाली समाज सास्कृतिक सम्योजक सुजन राज भट्ट, र सुजन बनियाँ त्यस्तै महिला कलाकार ग गङ्गा आचार्य (वर्षा) कलावती बी सि विमला विश्वकर्मा लगायतको बेजोड देउसी भैलो तथा सास्कृतिक प्रस्तुति रहेको थियो।

कार्यक्रम संचालन सस्थाका सदस्य एवं सांस्कृतिक सम्योजक सुजन राज भट्टले गर्नुभयको थियो। अध्यक्ष सुरेन्द्र काप्रीले उपस्थित सबैलाई हार्दिक धन्यवाद दिदै फ्रान्सवासी नेपालीहरुलाइ गोर्खाली समाजको तर्फ बाट दिपावलीको शुभकामना सहित नेपाली कला संस्कृति जोगाउन सहायोग र सहकार्य गर्नु हुने सबैलाइ धन्यवाद दिदै कार्यक्रम समापन गर्नु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here