आलम प्रकरण : अन्तत फेरियो देउवाको बोली, “पूर्वाग्रहमुक्त अनुसन्धानमा सघाउँछौं”, गगन थापा बल्ल बोले

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मोहम्मद आफताव आलमकेा मुद्दामा पूर्वाग्रह र दबावमुक्त रहेर अनुसन्धान हुनुपर्ने बताएका छन् ।

हिजो मात्रै उनले मोहम्मद अफताब आलमको प्रक्राउलाई कांग्रेसविरुद्धको षडयन्त्र भनेका थिए । आलमलाई प्रहरी लगाएर पक्राउ गरी कांग्रेसविरुद्ध षडयन्त्र गरेको आरोप लगाउँदै देउवाले १२ वर्षअघिको मुद्दालाई ब्यूँझाएर सरकारले कांग्रेसलाई प्रहार गर्न थालेको बताए । सम्भावित अपराधीलाइ बचाउ गर्न लागिपरेका देउवाको सबैतिर बिरोध भैरहेको थियो। आफनै पार्टी बाट असहयोग हुने देखेपछि देउवाले बोलि फेरेको हुनसक्ने राजनैतीज्ञहरु बताउछन। आलमलाइ अहिले सम्म कांग्रेसले नै संरक्षण गरेको र छानविन प्रक्रिया समेत हुन नदिएको आरोप लाग्दै आएको छ।

मोहम्मद आफताव आलम नेपाली कांग्रेसका सांसद हुन्। उनि कांग्रेसका पूर्व केन्द्रीय सदस्यसमेत हुन्, २०५१ देखि सांसद हुँदै आएका उनी श्रममन्त्रीसमेत भएका थिए । १२ बर्ष अगाडी संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते आलमका काका पूर्वमन्त्री शेख इद्रिसको घरमा बम विस्फोट भएको थियो । आलम त्यति बेला रौतहट-२ मा कांग्रेसका तर्फबाट उम्मेदवार थिए ।

प्रत्यक्षदर्शीका अनुसार “घटना सार्वजनिक हुने डरले आलमले सहयोगीसँग मिली बम विस्फोटका घाइतेलाई नजिकको इँटाभट्टाको आगोमा हाली जलाए” अर्का प्रत्यक्षदर्शी भन्छन  विस्फोटका घाइतेलाई सुई लगाई बेहोस बनाएर इँटाभट्टामा जिउँदै जलाइएको थियो

प्रहरीले पनि घटना लुकायो :

२०६४ चैत २७ गते गाउँमा बम बनाउँदै गर्दा विस्फोटमा परेर थुप्रै मानिस हताहत भएको हल्ला फैलियो । नेपाल प्रहरीका तत्कालीन एसपी लक्ष्मण न्यौपाने र सशस्त्र प्रहरीका तत्कालीन एसपी रामकृष्ण लामासहितको सुरक्षाकर्मीको टोली घटनास्थल पुग्यो । घटनास्थलबाट फर्केपछि उनीहरूले कतै विस्फोट नभएको पत्रकारलाई बताए । तत्कालीन एसपी न्यौपानेले भनेका थिए, ‘प्रमाण नभेटिएपछि यतिकै भन्न मिल्दैन । घटनास्थलमा कोही पनि घाइते वा मृत भेटिएन ।’

कांग्रेस जिल्ला सभापति कृष्ण यादवले गौरमा पत्रकार सम्मेलन गरी आफ्ना नेतालाई बिनासर्त रिहाइ गर्न माग गरेका छन्  विचाराधीन मुद्दालाई उल्टाउँदै पक्राउ गर्नु दु:खद भएको उनले बताए । आलमले आफूलाई षड्यन्त्रपूर्वक फसाइएको प्रतिक्रिया दिएका छन् । घटनाको विरोधमा उत्रेका कांग्रेस कार्यकर्ता र प्रहरीबीच प्रहरी कार्यालय अगाडि केहीबेर झडप भएको थियो । प्रहरीले भीड तितरबितर गर्न २ राउन्ड अ श्रुग्यास प्रहार गरेको थियो ।

देउवाको बोली फेरिएपछी गगनले ट्विट बल्ल

“जोसुकै होस्,जहाँ भएको होस्,जहिले भएको होस्,जुनसुकै ओहोदामा पुगेकोले गरेको होस्, अपराध गर्नेले दण्ड पाउनुपर्छ। दोषीको छिनोफानो अनुसन्धान र न्यायालयले गर्छ।निष्पक्ष छानबिनका लागी सहयोग गर्नु हाम्रो कर्तव्य हो। यही हो काँग्रेसको धारणा।बाँकी सबै व्यक्तिगत धारणा हुन।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here