फ्रेन्च आर्मीका नेपालीहरुको आयोजनामा 1REG इन्टररेजिमेन्ट कप फुटबल प्रतियोगिता सम्पन्न 2REI (NIMES) बिजयी

दक्षिण फ्रान्समा बसोबास गर्ने नेपालीहरुले यहि १२ अक्टुबर २०१९ शनिवार तेस्रो “1REG इन्टररेजिमेन्ट कप” फुटबल प्रतियोगिता भव्यताका साथ सम्पन्न गरेका छन । 1REG Brothers का युवा तथा खेलाडीहरुले स्वर्गीय दुर्गा मगरको स्मृतिमा आयोजना गरेको प्रतियोगितामा १० ओटा टिमले कपका लागि प्रतिस्पर्धा गरेका थिए।

रामकृष्ण महर्जनको प्रमुख अतिथ्यता सम्पन्न कार्यक्रममा २०० भन्दा बडी दर्शकहरुको उपस्तिथी रहेको तथा सौहार्दपूर्ण वातावरणमा हर्षोल्लासका साथ कार्यक्रम सम्पन्न भएको कार्यक्रम संयोजक मध्यका गणेश श्रेष्ठले पेरिसनेपाल डटकमलाइ जानकारी दिनुभएको छ।

प्रतियोगितामा नक आउट सिस्टममा खेलहरु खेलाइएको थियो, फाइनल खेलमा 2REI (NIMES) ले उत्कृस्ट खेल प्रदर्शन गर्दै प्रथम र उत्कृस्ट खेल खेल्दा खेल्दै पनि 13DBLE (LARZAC) दोर्श्रो तथा उपबिजेता बन्न सफल भएको थियो।

उत्कृष्ट खेल र उत्कृष्ट गोलकर्ता को उपाधी उपविजेता 13DBLE (LARZAC) टीमका प्रविन श्रेष्ठले प्राप्त गरेका थिए।

कार्यक्रमका केहि तस्विरहरु :

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here