नेपाली रक्तदाता संघ फ्रान्सको गठन

पेरिसनेपाल डटकम, फ्रान्स | पेरिसमा यहि २८ सेप्टेम्बर २०१९ का दिन नेपाली रक्तदाता संघ फ्रान्स (Nepalese Blood Donors Association France (NBDAF) को उद्द्घाटन, अन्तरक्रिया तथा सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ।

रगतले जोड्छ भन्ने नाराका साथ् स्थापना भएको सँस्थाको कार्यक्रममा प्रमुख अतिथिको रुपमा फ्रान्सका लागि नेपाली राजदुत दिपक अधिकारीको उपस्थिति थियो, त्यस्तै विशिष्ट अतिथिको रुपमा INBDA का केन्द्रिय अध्यक्ष अजय सत्याल र केन्द्रिय उपाध्यक्ष एभेरेस्ट गौतमको उपस्थिति रहेको थियो।

पेरिस नजिकै एक रेस्टुरेन्टमा सम्पन्न कार्यक्रममा अनिस त्रिपाठीको अध्यक्षतामा एक कार्यसमितिको गठन भएको छ। गैर आवासीय नेपालीहरु बीच समन्वय गर्दै रक्तदानको लागि प्रोत्सहान गर्ने उद्देश्य राखी स्थापना भएको सँस्थाको उद्द्घाटन कार्यक्रममा फ्रान्सका बिभिन्न संघ सँस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। अन्तरास्ट्रिय नेपाली रक्तदाता संघको केन्द्रिय सदस्य तथा NBDAF का संरक्षक प्रशान्त उप्रेतीको संयोजकत्वमा आयोजित कार्यक्रममा २१ सदस्यीय कार्यसमिति गठन गरि सो समितीका सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण लिएका थिए।

कार्यक्रमकै लागि अमेरिका बाट आएका केन्द्रिय अध्यक्ष अजय सत्यालले सँस्थाको अहिलेको अवस्था, विस्तारको आवस्यक, यसका लागि भैरहेका प्रयास त्यस्तै दाताहरुको बढ्दो संख्या आदिका बारेमा बिस्तृत जानकारी दिएका थिए। त्यस्तै बेलायतबाट आएका केन्द्रिय उपाध्यक्ष गौतमले यो सँस्थामा केहि लिन नभइ दिन आउने हो भन्दै सबै दाता र सहयोगीहरुलाइ धन्यवाद दिनुका साथै अब बेल्जियम, स्पेन र पोर्चुगलमा संस्था बिस्तार गर्ने योजना रहेको जानकारी दिएका थिएका थिए।

राजदुत अधिकारीले मन्तब्य राख्दै रगतले हामीलाई थाहा नपाइ जोड्छ, कुनै विभेद नराखी एक आपसमा जोड्छ भन्दै यस पवित्र कार्यमा लाग्नुहुने सबैलाइ धन्यवाद र शुभकामना दिएका थिए।

कार्यक्रम संचालन NBDAF का कार्यसमिति सदस्य प्रेम लामिछानेले गरेका थिए। NBDAF को तर्फबाट शुभकामना मन्तव्य उपाध्यक्ष शिवराम भण्डारीले राखेका थिए । पहिलो पटक फ्रान्समा नेपाली रक्तदाताहरुलाइ संयुक्तरुपमा रक्तदान गर्ने कार्यक्रमहरुको संयोजकत्व गर्ने एनआरएन फ्रान्स भुपु सचिव तथा रक्त संचार पद्द्ती टास्क फोर्स सदस्य प्रविन सापकोटालाइ कार्यक्रममा सम्मान गरिएको थियो।

कार्यक्रममा अतिथिहरू एनआरएनए फ्रान्सका अध्यक्ष नरेन्द्र शाही, एनआरएनए पुर्व अध्यक्ष तथा प्रवासी नेपाली एकता मञ्च फ्रान्सका संयोजक भक्त बहादुर वाग्ले, नेपाली जनसम्पर्क समिति फ्रान्सको सभापति सुधिर राना, नेपाली एकता समाज फ्रान्सका अध्यक्ष प्रमोद पाण्डे, INAS फ्रान्सका अध्यक्ष प्रविन सापकोटा, तामाङ धेदुङ फ्रान्सका प्रतिनिधि सुरेश लामा तामाङ, एनआरएनए फ्रान्सका पुर्व उपाध्यक्ष हरि सापकोटा, फ्रान्स नेपाल कलेक्तिफका बिनोद खकुरेल आदिको उपस्थिति रहेको थियो। चित्रकार बिश्रान्त सेन्चुरीले कार्यक्रमकै क्रममा प्रतक्ष्य चित्र कोर्ने (live painting) गरेका थिए। कार्यसमिति सदस्य महेश शर्मालाइ पितृशोक परेको हुँदा मृतआत्माको चिरशान्तिको कामनाको लागि कार्यक्रममा १ मिनेटको मौन धारण गरिएको थियो।

अन्तरास्ट्रिय नेपाली रक्तदाता संघले रक्तदान सम्बद्ध सामाजिक उद्देश्य बोकेर विश्वका २३ भन्दा बढी देशहरुमा “रक्तदान गर्दै जीवन दान गरौँ ” भन्ने नाराका साथ रक्तदान सम्बन्धी विविध कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ। केहि समय अगाडी अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच बिभिन्न क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here