सरकारले सस्तोमा खसी, बोका च्याङग्रा बेच्ने

सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत खसी, बोका तथा च्याङ्ग्राको बिक्री मूल्य निर्धारण गरि बिक्रि गर्न सुरु गरेको छ। दशैँका समयमा उपभोक्तालाई थारै भए पनि राहत दिन विगतमा झै यसपटक पनि सरकारले खसी, बोका तथा च्याङ्ग्रा बिक्री गरेको हो ।

सरकारले बिक्री गर्ने खसी, बोकाको मूल्य प्रतिकेजी ५५० रूपैयाँ र च्याङग्रा प्रतिकेजी ७३० रुपैयाँ ताेकिएकाे वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए । हाल बजारमा जिउँदो खसीबोकाको मासु प्रतिकेजी ६२० रुपैयाँसम्म बिक्री हुने गरेको छ । त्यसलाई घटाएर प्रतिकेजी ५५० मूल्य कायम गरिएको विभागले जनाएको छ । सरकारले सुपथ मूल्यमा बिक्री गरेको खसी, बोका र च्याङग्राको मासु गुणस्तरीय रहेको समेत दाबी गरेकाे छ ।

खसी, बोका तथा च्याङ्ग्रा व्यापारीले किसानबाट सस्तोमा खरीद गरेर उपभोक्तालाई महँगोमा बिक्री गर्ने गर्दछन् । जसबाट किसान र उपभोक्ता दुवै मारमा पर्ने गरेका पाइन्छ । यस्तो समस्या समाधानको लागि सरकारले आफैले खसी बोका बेच्ने उपाय निकालेको बताइन्छ । २ हजार वटा च्याङग्रा र १ हजार खसी, बोका यस वर्षको दशैं, तिहार र छठ पर्वमा विक्री वितरण गर्ने सरकारको तयारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here