फ्रान्सका पूर्वराष्ट्रपति ज्याक शिराकको ८६ वर्षको उमेरमा निधन

फ्रान्सका पूर्वराष्ट्रपति ज्याक शिराकको ८६ वर्षको उमेरमा मृत्यु भएको छ । वर्षौंसम्म उनले स्मरणशक्ति गुमाउने रोग लिएर बाँच्नुपरेको थियो । उनलाई अल्जाइमर जस्तै रोग लागेको बताइएको थियो ।

शिराकले १९७६ मा आरपीआर नामक राजनैतिक दल स्थापना गरेपछी १८ वर्ष पेरिसका मेयर भए, पछि लगातार दुईपटक प्रधानमन्त्री भए र पछि सन् १९९५ देखि २००७ सम्म १२ बर्ष फ्रान्सका राष्ट्रपति भए । सन् २००२ मा राष्ट्रपतिको चुनावमा उनले ८२.२ प्रतिशत मत ल्याएर चरम दक्षिणपन्थी दलका उम्मेदवारलाइ हराएका थिए।

२००२ मा उनले युएमपी राजनैतिक दल स्थापना गरेका थिए सोहि दल बाट २००७ मा सार्कोजी उनी पछिका रास्ट्रपति बनेका थिए।  शिराकको आकर्षक व्यक्तित्वका कारण उनी सेवानिवृत्त हुँदा पनि फ्रान्सका लोकप्रिय राजनीतिकर्मीमध्ये एकका रूपमा लिइएका थिए ।

अन्तर्राष्ट्रिय राजनीतिमा शिराकले सन् २००३ मा अमेरिकाले गरेको इराक आक्रमणको घनघोर विरोधी गरेका थिए । त्यतिखेर उनको युद्धविरोधी अडानले समर्थन सूचकांक ९० प्रतिशत पुगेको थियो । उनले राष्ट्रपतिको कार्यकाल ७ वर्षबाट घटाएर ५ वर्षमा सीमित गरेका थिए भने अनिवार्य सैनिक सेवाको प्रावधान हटाएका थिए। उनले फ्रान्सलाई एकल युरोपेली मुद्रामा लैजान पनि भूमिका निर्वाह गरेका थिए।

आजै उनको निधनमा फ्रान्सको राष्ट्रिय सभामा एक मिनेट मौन धारण गरिएको थियो। फ्रान्सका रास्ट्रपति एमाअनुएल माक्रोंले आज बेलुका रास्ट्रिय टेलिभिजन मार्फत सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here