पेरिसमा कबड्डी कबड्डी कबड्डी- हाउस फूल

प्रदर्शनमा आएको पहिलो दिनमै १ करोड भन्दा बढिको व्यापार गर्न सफल चलचित्र “कबड्डी कबड्डी कबड्डी”  नेपाल बाहेक बिश्वका विभिन्न देशहरु बसोबास गर्ने नेपालीहरु बिच निकै चर्चामा रहेको पाइएको छ । यसै क्रममा फ्रान्सको राजधानी पेरिसमा पनि यो चलचित्रको गत आइतबार २ वोटा शोहरु  देखाइएको थियो ।अन्तरास्ट्रिय कलाकार समाज “इनास फ्रान्स” ले  उक्त प्रदर्शनीको आयोजना गरेको थियो ।
दुइ वोटा शो नै हाउसफूल भएर पेरिसमा एउटा नेपाली चलचित्र प्रदर्शन भएको यो पहिलो पटक थियो । इनास फ्रान्सले जानकारी गराए अनुसार पेरिसका नेपाली संघ संस्थाहरुका अध्यक्ष र प्रतिनिधीहरुको पनि बिशेष उपस्थिति रहेको थियो भने बाल-बच्चा सहित स-परिवार नेपाली चलचित्र हेर्न आउने परिवारहरुको उत्तिकै उपस्थिति थियो।

देश विदेशका दर्शकको अपार माया पाइरहेको कबड्डी कबड्डी कबड्डीको सुरुवाती सफलताले नेपाली चलचित्र उद्योगमा नयाँ इतिहास थपिएको छ । चलचित्र क्याप्टेनबाट डेब्यु गरेकी उपासना सिंह ठकुरीको तातो चर्चा चल्न थालेको छ भने दयाह्यंग राई, रिश्मा गुरुङ, विल्सन बिक्रम राई, बुद्धि तामांग, विजय बराल लगाएतका कलाकारहरुको भूमिका पनि उत्तिकै जॊड्दार छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here