नेपाली बसाेबास गर्ने १२ देशमा दसैं टिका लगाउने साइत सार्वजनिक

हाल सम्म विदेशमा रहेका नेपालीहरुले पञ्चाङ्ग निर्णायक समितिले नेपालका लागि निकालेको साइतका आधारमा टीका लगाउदै आएका थिए । यस पटक बाट भने देश अनुसार टिकाको साइत फरक फरक हुने छ ।

अन्तराष्ट्रिय पञ्जाङ्ग निर्णय समितिले सोमबार एक बिज्ञप्ति जारि गर्दै नेपालीहरुको बसोबास रहेको विभिन्न देशका लागि साइत निकालेको  जानकारी  दिएको छ ।

समितिका अनुसार भारतमा १० बजेर १९ मिनेटमा, अमेरिकामा २० गते सोमबार ११ बजेर २१ मिनेटमा लगायत विश्वका विभिन्न देशमा रहेका हिन्दुहरुको लागि टिकाको साइतको लागि उपयुक्त समय निर्णय गरेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here