रुसमा भएको विश्वकप फुटबल प्रतियोगिताको विजेता फ्रान्सका फुटबल टोलीलाई देशकै सर्वोच्च सम्मान ‘लिजन दि अनर’ प्रदान गरिने भएको छ । फ्रान्सेली राष्ट्रपति एम्यानुएल माक्रोँले फुटबल टोलीलाई सो सम्मान गर्ने घोषणा गरेका थिए ।
विजयपछि फ्रान्स फर्किएका फुटबल टोलीको राजधानी पेरिसमा भव्य स्वागत गरिएपछि उनीहरुको सम्मानमा राष्ट्रपति माक्रोँले भोजको आयोजना गरेका थिए ।
विश्वकप ट्रफीसहित स्वदेश फर्केको सो टोलीलाई स्वागत गर्न सोमबार पेरिस सुन्दर आभन्यु सं-एलिजेमा ठूलो सङ्ख्यामा प्रशंसकको भीड लागेको थियो ।
source photo : @afp, paris match, le monde, 20 minute, google news