पेरिसमा नेपाली घर : संघ सँस्थाहरु बीच हातेमालो आवस्यक

पेरिसको पुरानो संस्था नेपाली संस्कृतिक गृहले कार्यक्रम गर्न मिल्ने एउटा नेपाली घर किन्ने प्रस्ताव राखेर गृहकार्य गर्दै आएपनि ठोस रुपमा यसको पक्षमा पेरिसका सबै संघ संस्थाहरुले एकजूट भएर लाग्न भने सकेका छैनन। 

पेरिसस्थित फ्रान्सको नेपाली समुदायका विभिन्न संघ संस्थाहरुले नेपाली चाडबाड या अन्य कार्यक्रमहरुको आयोजना गर्ने क्रममा भोगेका अफ्ठ्याराहरु मध्य, उपयुक्त कार्यक्रम हलको समस्या प्रमुख रहेको छ। न्युनतम प्रवेश शुल्क राखेर कार्यक्रमको आयोजना गर्दा पनि हरेक पल्ट निकै महँगो दरमा हल लिनुपर्ने र आयोजकहरुले कार्यक्रम आयोजनाको खर्च उठाउन पनि निकै नै मेहेनत गर्नुपर्ने स्थिति रहेको कुरा सर्वविदितै छ। त्यसो त साना कार्यक्रमहरु कहिले कुनै चिनजानका रेस्टुरेण्टहरुको बन्द हुने समय मिलाएर पनि गर्ने गरिएको छ।
पेरिसको पुरानो संस्था नेपाली संस्कृतिक गृहले कार्यक्रम गर्न मिल्ने एउटा नेपाली घर किन्ने प्रस्ताव राखेर गृहकार्य गर्दै आएपनि ठोस रुपमा यसको पक्षमा पेरिसका सबै संघ संस्थाहरु एकजूट भएर लाग्न भने सकेका छैनन । हरेक संघ संस्थाले कार्यक्रम गर्दा हललाइ तिर्नु पर्ने २ देखि ३ हजार यूरो जोड्ने हो भने यो पैसालाइ लगानीको रुपमा एकमुष्ठ परिचालन गर्न कसरी सकिन्छ भन्ने कुरामा धेरैको बिमति नहोला । हरेक व्यक्ति या संघ संस्थाले आ-आफ्नो योगदान गरेर पूँजी जम्मा गर्न सके नेपाली कार्यक्रम गर्ने हल, नेपाली पाठशाला लगायतका अन्य गतिबिधि संचालन गर्न एउटा सामुहिक थलोको रुपमा नेपाली घर किन्नलाई कोषेढुंगा हुने थियो।
नेपाली घरको लागि सबै सँस्थाहरुले अहिले नै पहिलो कदम चल्नु पर्ने आवस्यक देखिन्छ। कुनै व्यक्ति या एक दुइ संस्थाको पहलले मात्रै नेपाली घर बनाउने योजना सफल हुन नसक्ने भएकोले सबै संघ सँस्थाहरु मिलेर नेपाली घर को लागि अविलम्ब एकजुट हुँदै आर्थिक संकलनमा जुट्नुपर्ने देखिएको छ। सँस्था सँस्था बीच र व्यक्ति व्यक्ति बीचका मतभेदलाइ छेउ लगाएर समग्र प्रवासी नेपाली समाजको हित लाइ मध्यनजर गर्दै एउटा संयुक्त लगानीमा घर किन्ने परियोजना कुनै पनि कोण बाट असम्भव देखिदैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here