एनआरएन बेल्जियममा सर्वसहमत रुपमा चित्र सुबेदीको अध्यक्षतामा नयाँ कार्यसमितिको गठन

गैर आबसीय नेपाली संघ बेल्जियमको आईतवार सम्पन संघको सातौ अधिबेशनबाट सर्बसम्मतरुपमा चित्र सुबेदी अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा अनुजा प्रधान, आङमाया लामा, खद्क केसी, गंगा शर्मा, घनश्याम काफ्ले , नारायण सिलवाल र महिला उपाध्यक्ष हरी भट्टराई छन , आईसिसी सदस्यमा सुबाश जोशी (सन्तोष ) र कमल पन्थी रहेका छन । 

एनआरएनए बेल्जियमले पहिलो अधिबेशन पछी सातौ अधिबेशनमा आएर सर्बसम्मत नेत्रित्व चयन् गर्न सफल भएको छ । महासचिबमा तिर्थ धमला, सचिबमा कर्ण अधिकारी , जनक सुबेदी र दिपक न्यौपाने छन भने कोषध्यक्षमा प्रकाश गिरी , सहकोषाध्यक्षमा जिबन शर्मा , महिला सन्योजकमा शुशिला खतिवडा, युबा संयोजकमा काशी दनाइ, सदस्यहरुमा कुलबहादुर कार्की लुभेन, सुमन बराल एन्टवेरपेन, दौलत कुमार साम्ब ब्रुज, ज्ञानेन्द्र घिमिरे गेन्ट, सुबाश भट्ट ब्रुसेल, कुम शाही सेन्त्रुदिन , ओस्टेन्डे भरत पन्त छन । 

त्यस्तै खुल्ला सदस्य तर्फ मदन डवाडी, सुजन ढकाल , मिनदोर्जे थापा, चेत नारायण दाहाल , राम प्रशाद शर्मा, कमल सितौला र महिला सदस्यमा गीता लामा, रस्मिना गिरी राजभन्डारी, सरस्वती सुबेदी सर्बसम्मत निर्बाचित भएका छन । सातौं महाधिवेशनको उद्वाघाटन नेपाल संघीय सँसदको राज्य ब्यबस्था एवं  सुशासन समितिकी सभापती शशी श्रेष्ठले गरेका थिए। एनआरएनए बेल्जियम अध्यक्ष लोक दाहालको अध्यक्ष्यता सम्पन्न कार्यक्रममा बिषेश अतिथिहरुमा पूर्व मन्त्री वीर बहादुर बलाएर, लीलामणी पोख्रेल , बेल्जियमका लागि नेपाली राजदुत लोक बहादुर थापा, आईसिसी उपाध्यक्ष कुमार पन्त , सचिब जानकी गुरुङ र युरोप सन्योजक शिभ बरुवाल रहेका थिए। कार्यक्रमको संचालन  महासचिब आङमाया लामाले गरेकी थिइन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here