एनआरएनए फ्रान्सको आठौँ महाधिवेशन सम्पन्न निर्वाचन मार्फत नयाँ कार्यसमितिको छनोट

एनआरएनए फ्रान्सको १८ अगस्ट २०१९ का दिन सम्पन्न आठौँ महाधिवेशन र निर्वाचन मार्फत नयाँ कार्यसमितिको गठन भएको छ। एक बहादुर मल्ल अध्यक्ष रहेको कार्यसमितिलाइ बिदाइ गर्दै १ पटक कोषाधक्ष र २ पटक महासचिव भैसकेका नरेन्द्र शाही ठकुरीको अध्यक्षता नयाँ कार्यसमितिको गठन भएको हो। त्यस्तै आइसीसी सदस्यमा भुपु महिला प्रतिनिधि पारु (पार्वती) मल्ल निर्वाचित भएकी छिन । एनआरएनको बिश्व सम्मेलनमा सपथ ग्रहण लिए पछी नवनिर्वाचित आइसीसीले कार्यभार सम्हाल्ने ब्यबस्था रहेको छ।

राती २ बजे सकिएको मत गणनाको नतिजा अनुसार प्रमुख पदाधिकारी पदहरुमा पुरानै अनुहारहरु भए पनि अन्य पदहरुमा थुप्रै नयाँ अनुहारहरु कार्यसमिति भित्र आएका छन्। ३७० जना पंजीकृत सदस्यहरु रहेको एनआरएन फ्रान्सको निर्वाचनमा २ ओटा प्यानल बीच प्रतिस्पर्धा भएको थियो। नयाँ बनेको कार्यसमितिलाइ सबैलाई समेटेर काम गर्ने, आर्थिक पारदर्शिता राख्ने, यस पटक सदस्यता प्रमाणित नभएकाहरुलाइ बिधान संसोधन गरेर समेट्ने, सबै चुनाबी प्रतिबद्वताहरु पुरा गर्ने आदि चुनौतीहरु थपिएका छन्। बर्षौं देखि विवादित बन्दै आएको फ्रान्सको सदस्यता वितरण प्रक्रियाको बिषयमा अधिवेशनमा आवाज उठेपछि पछि भु पु अध्यक्ष भक्त वाग्लेले अब बिधान संसोधन गरेर सदस्यता वितरण गर्ने आश्वाशन दिएका थिए साथै यसको लागी निवर्तमान अध्यक्ष एक बहादुर मल्लको संयोजकत्वमा संसोधन समिति बनाउने घोषणा गरिएको थियो। 

नयाँ कार्यसमितिका अन्य पदहरुमा उपाध्यक्षमा गीता थापा र अमर भण्डारी महासचिवमा मिन श्रेष्ठ, सचिवमा राजु खप्तडी, कोषाध्यक्षमा लाल बहादुर सोडारी, सह कोषाध्यक्षमा संगीता तिमिल्सिना,महिला संयोजकमा मिली कोइराला, युवा प्रतिनिधीमा दिलिप गुरुङ, सदस्यहरुमा कमल काफ्ले, अशोक कुँवर, सुर्य बहादुर क्षेत्री र उदय राज पाण्डे रहेका छन।

एक बहादुर मल्लको अध्यक्षता सम्पन्न महाधिवेशन कार्यक्रमको संचालन नरेन्द्र शाही ठकुरीले गरेका थिए भने आइसीसी पर्यवक्षकको रुपमा एनआरएन जर्मनीका भूपु अध्यक्ष नबराज रोस्याराको उपस्तिथी रहेको थियो। निर्वाचन समितिका संयोजक किरण चन्द्र प्रधानले निर्वाचित सबैलाई प्रमाणपत्र प्रदान गरी सपथ ग्रहण गराएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here