रवि लामिछानेलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

रबि लामिछाने संगै लामो समय सिधा कुरा जनतासंग कार्यक्रममा काम गरेका सालिकराम पुडासैनी गत साउन २२ मा चितवनको नारायणगढ बसपार्कमा रहेको कंगारु होटलमा झुण्डिएको अवस्थामा भेटिएका थिए । प्राणत्याग गर्नुपूर्व पुडासैनीले मोबाइलमा रेकर्ड गराएको भिडियोमा रवि लामिछानेले आफूलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाएका थिए । सो भिडियो नेपाल आजमा सार्वजनिक भएको भोलिपल्टै प्रहरीले रवि लामिछानेलाई गिरफ्तार गरेको थियो ।

बिहीबार साँझ रबि लामिछाने र पत्रकार युवराज कँडेललाई न्यूज २४ टेलिभिजनबाटै गिरफ्तार गरिएको थियो तेस्तै नर्स अस्मिता कार्कीलाई कलंकीबाट पक्राउ गरिएको थियो । प्रहरीले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई जिल्ला अदालत चितवन लैजाँदा लामिछानेका समर्थकले नाराबाजी गरेका थिए।

जिल्ला अदालत, चितवनले पूर्वसहकर्मी सालिकराम पुडासैनीको “आत्महत्या”मा दुरुत्साहन गरेको कसूरमा अनुसन्धानका लागि लामिछाने सहित तीन जनालाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले म्याद थप गरेको प्रहरीले जनाएको छ ।

पूर्वसहकर्मी सालिकराम पुडासैनीले “आत्महत्या” अगाडी रबि लामिछाने विरुद्व बोलेको भिडियो ‘इडिटेड भर्सन’ मा सार्वजनिक भएको भनिएको छ भने मृतक सालिकराम पुडासैनीको शरीरमा चोट लागेको देखिने तस्विरहरु सार्वजनिक भएका थिए। पुडासैनीको केहि समय अगाडी सार्वजनिक भएको भिडियोमा भने उनले रबि लामिछानेको तारिफ गर्दै नया केहि सुरु गर्न अर्को मिडियामा गएको बताएका थिए। पुडासैनी भिडियोमा लगाएको आरोप सहि हो वा कोसैको दवावमा परेर रबि लामिछानेहरु विरुद्व बोलेका हुन ? उनले आत्महत्या गरेका हुन वा त्यो नियोजित हत्या थियो ? घटनाको बास्तविकता अदालतले अब गर्ने अनुसन्धान पछि मात्र थाहा हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here