फ्रान्स: भानुजयन्तीको अवसरमा साहित्यिक कार्यक्रम सम्पन्न

फोटो श्रोत : नेपाली साहित्यिक मन्च फ्रान्स, अनिस त्रिपाठी
फोटो श्रोत : नेपाली साहित्यिक मन्च फ्रान्स, अनिस त्रिपाठी

नेपाली साहित्यिक मन्च फ्रान्सको आयोजनामा यहिँ आइतवार १४ जुलाई २०१९ का दिन पेरिसमा २०६ औं भानुजयन्ती कार्यक्रम सम्पन्न भएको छ। फ्रान्समा पहिलो पटक आयोजना गरिएको आदिकवी भानुभक्त आचार्यको जन्मजयन्ती कार्यक्रममा उनले नेपाली भाषा, साहित्य, कला र संस्कृतिमा पुर्याएको योगदानको स्मरण गर्दै उनको तस्विरमा पुष्प अर्पण गर्दै सम्मान तथा श्रद्धाञ्जली अर्पण गरिएको थियो।

नेपाली रास्ट्रिय गान बाट सुरु गरिएको कार्यक्रमको दोस्रो चरणमा फ्रान्समा रहेका स्रष्टाहरुले आ-आफ्ना कविता, रचना, मुक्त्तक, गजल आदि वाचन गरेका थिए। फ्रान्सका साहित्य प्रेमी नेपालीहरुले पहिलो पटक खुल्ला कार्यक्रम गर्दै रचना वाचन गर्न अवसर पाउँदा उत्साहित हुनुका साथै फ्रान्सका नेपाली समुदायले साहित्यिक क्षेत्रमा देखाएको रुचिले आशावादी बनेको बताएका थिए।

कार्यक्रमको सभापतित्व मन्चका जेष्ठ सदस्य राम पाण्डेले गर्नुभएको थियो। साथै कार्यक्रमको सन्चालन बिरु खड्का गर्नु भएको थियो भने राजु बस्नेत, सुधिर राना, अनुराधा पौडेल, शोभा गजुरेल, भानु न्यौपाने, हरि सापकोटा, कलावती केसी, मधुकर देवकोटा, बिरु खड्का, सुजन राज भट्ट, सुजन बानियाँ, प्रकास सापकोटा, शिशिर शर्मा र शायन बानियाँले आ-आफ्ना रचना वाचन गर्नु भएको थियो।

कार्यक्रममा क्यानाडाबाट भेटघाटको लागि आउनु भएका लेखक तथा पत्रकारिता क्षेत्रमा विधावारिधी गर्नुभएका बरिस्ठ पत्रकार भानुभक्त आचार्यको पनि उपस्तिथी रहेको थियो। उहाँले आदिकवी भानुभक्तको जीवनीका केहि रोचक कुराहरु संक्षिप्तरुपमा बताउनुका साथै भानुभक्तलाइ सम्झिरहादा उनलाई आदिकवी भानुभक्त भनेर चिनाउने नेपालका प्रथम पत्रकार मोतीराम भट्टलाइ पनि बिर्सन नहुने बताउनु भयो।

२०१९ मा स्थापना भएको नेपाली साहित्यिक मन्च फ्रान्सले हेरक मानिसमा भएको सृजनशीलतालाई फलीभूत बनाउने वातावरण सृजना गर्ने, सृजनाहरु समय समयमा सामूहिक वाचन गरेर साहित्यिक रसस्वादन लिई संयुक्त सँगालो किताबको रुपमा प्रकाशन गर्ने, बार्षिक रुपमा स्मारिका प्रकाशन गर्ने, नेपाली तथा नेपाली मूलका बालबलिकाहरूलाई नेपाली भाषा, साहित्य र सस्कृतिप्रति अभिरुचि अभिबृद्धि गर्न त्यस्तै खाले कार्यक्रम हरू आयोजना गर्ने आदि बिभिन्न लक्ष्यहरू राखेको मन्चमा अबद्वहरुले जानकारी दिएका छन्।  

फोटो श्रोत : नेपाली साहित्यिक मन्च फ्रान्स, अनिस त्रिपाठी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here