बाढीपहिरो अपडेट : मृत्यु हुनेको संख्या ६५ पुग्यो, ३० जना अझै बेपत्ता, ३८ जना घाइते

प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको विवरण

लगातार परेको वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर ज्यान गुमाउनेको संख्या ६५ पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबारदेखि सोमबार बिहानसम्ममा २४ महिला र ४१ पुरुषको मृत्यु भएको हाे।

प्रहरीको विवरण अनुसार देशभर १२ जना महिला र १८ जना पुरुष गरी ३० जना अझै बेपत्ता छन् भने ३८ जना घाइते छन्। सेना, प्रहरी, सशस्त्र प्रहरीकाे टाेलीले १ हजार ४४६ जनाको उद्दार गरिसकेको छ। प्रदेश १ मा २०, प्रदेश २ मा १८, प्रदेश ३ मा १५, प्रदेश ५ र कर्णाली प्रदेशमा दुई­दुई र उपत्यका तीन जिल्लामा ८ जनाको ज्यान गएको छ। बाढी पहिराेले देशका विभिन्र सडक खण्ड अवरूद्ध भएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here