विप्लव समूह : आत्मसुरक्षाका लागि बोकेको विस्फोटक पदार्थ (बम) पड्कियो

गत बिहीबार श्रावण ३ गते धनगढीको शहीद गेटमा नजिकै चियापसलमा शक्तिशाली बम विष्फोट हुँदा ५ जना घाइते भएका थिए। घाइते मध्ये विप्लव समुहका रामबहादुर सिंह ‘राजेश’ को उपचारको क्रममा मृत्यु भएको थियो। घाइते मध्यका “सेरला” पनि विप्लव समूहका सदस्य भएको प्रहरीले जनाएको छ । होटलमा चिया पिउने क्रममा रामबहादुर सिंहले झोलामा बोकेको ‘टिफिन कन्टेनर’ च्यापिँदा विस्फोट भएको थियो । घटनास्थलमा एक चाइनिज पेस्तोल समेत भेटिएको प्रहरीले बताएको थियो ।

आजै शुक्रवार बिप्लव समुहका जिल्ला इन्चार्जले जारि गरेको बिज्ञप्तिमा “आत्म सुरक्षाका लागि बोकेको विस्फोटक पदार्थ पडकिदा पार्टीका रामबहादुर सिंह ‘राजेश’ ले सहादत प्राप्त गरेको” उल्लेख गरिएको छ। घटनाको मुलकारण दलाल पुँजीवादी संसदीय व्यवस्था भएको बताउदै यसको सम्पूर्ण जिम्मा सामाजिक फाँसिवाद सरकारले लिनुपर्दछ भनिएको छ।

घटनामा घाइते कञ्चनपुरको बेलौरी–५ का लक्ष्मण सेरला, मोबिन खान, जितेन्द्र यादव र केशवराज पाण्डेको स्थानीय माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here