फ्रान्सको लेजियों एथ्रंजेर (फ्रेन्च आर्मी) मा कार्यरत नेपाली युवा दुर्गा मगरको आइतवार बेलुकी असामयिक निधन भएको छ। नेपालमा सोलुखुम्बु जिल्ला टाप्तिङ चैलुङमा बसोबास गर्ने र करिब १२ बर्ष देखी फ्रान्समा बस्दै आइरहेका उमेरले ३५ बर्षीय दुर्गा मगरको खोलामा पौडी खेल्दा खेल्दै अचानक निधन भएको हो। पौडी खेल्न सिपालु र खेलकुदमा रुचि राख्ने दुर्गा मगरको अत्याधिक तापक्रमको बेलामा चिसो पानीमा पौडी खेल्दा हाइड्रोक्युसन/हृदयघात वा अचानक शारीरिक समस्या भएको हुनसक्ने प्रतक्ष्यदर्शीहरुले बताएका थिए। मृत्युको कारणबारे प्रारम्भिक मेडिकल रिपोर्टमा उनको मृत्युको प्रमुख कारण पानिमा डुबेर भएको भनिएको छ र थप विवरण आउन बाँकी छ।
एक हप्ता पछी कामकै शिलशिलामा मिलिटरी मिसनको लागी उनी अन्य देशमा जानुपर्ने थियो । मिसनमा जानु भन्दा अगाडी उनले केही दिनको बिदा पाएका थिए। साथीहरु संगै बिदा मनाउने क्रममा उनी पौडी खेल्न र पिकनिक गर्न फ्रान्सको दक्षिणमा पर्ने निम र आभिन्यों नजिकै बान्योल सुर सेजको खोलामा पुगेका थिए । दुर्गा मगरले २ हप्ता अगाडी मात्रै नगरपालिकामा विवाह गरेका थिए । उनकी श्रीमती हाल फ्रान्समै छिन। श्रीमतीका साथै उनको परिवारका सदस्यहरुमा नेपालमा आमा र खाडी मुलुकमा एकजना भाई छन। अत्यन्तै मिलनसार स्वभावका दुर्गा मगरको असामयिक निधनको खबरले फ्रेन्च आर्मीमा कार्यरत नेपालीहरु र उनलाई चिन्ने सबैलाई अत्यन्तै दुखित बनाएको छ ।
स्वर्गिय दुर्गा मगरको पार्थिव शरीर अहिले अस्पातलमा रखिएको छ । अस्पातलबाट मेडिकल रिपोर्ट र अनुमती आएपछी उनी कार्यरत आर्मीको रेजिमेन्टले श्रद्वन्जली दिने र उनको पार्थिव शरीर छिट्टै नेपाल पठाउने तयारी सुरु गरिएको छ।
फ्रेन्च आर्मीमा कार्यरत स्वर्गीय दुर्गा मगरका साथीहरुले शव नेपाल पठाउन र परिवारलाइ सहयोग गर्न फण्ड कलेक्सन सुरु गरेका छन्। : https://www.leetchi.com/c/soutiens-la-famille-de-caporal-chef-magar-durga?fbclid=IwAR2-rEOQEFcSaINbwX3fcIh92kNxlhqKV4JeShreW7Bep_qj1egi-aYPpgs
#हार्दिक_श्रद्वन्जली