एनआरएन फ्रान्सले धमाधम सदस्यता बितरण गर्दै, चुनावको लागी ७ जुलाई भित्र सदस्यता लिनुपर्ने

Update : एनआरएनए फ्रान्सले सदस्यता लिने समय १० जुलाई सम्मको लागि थप गरेको थियो। 

गैर आबासीय नेपाली संघ फ्रान्सले सद्स्यता बितरण अभियान सुरु गरेको १ महिना पुगेको छ । संसार भरिका गैर आबासीय नेपालीहरुलाई एउटै डाटावेसमा पन्जिक्रित गर्ने केन्द्रिय नीति अन्तर्गत यस पटक अनलाइन बाट मात्र सदस्यता वितरण गर्ने गरिएको छ। सदस्यता वितरण जुनको १ तारिख बाट सुरुभएको थियो । संघको बिधान अनुसार रास्ट्रिय महाधिवेसन भन्दा १ महिना अगाडीसम्म पञ्जिकृत सदस्यता भएकाले मात्र उम्मेद्वार बन्न र मतदानमा सहभागी हुन पाउने प्रावधान रहेकोले जुलाइको ७ तारिख भन्दा अगाडीनै सदस्यता लिई सक्नु पर्ने संघले जनाएको छ। संघको आगामी कार्यकाल २०१९ – २०२१ को लागि निर्वाचन तथा महाधिवेसन अगस्टको १८ तारिख हुनेछ।

केन्द्रिय प्रणाली अनुसार सदस्य बन्न विश्वभरिकै एनआरएनएले एउटै वेबसाइट https://mero.nrna.org प्रयोग गर्नुपर्ने हुन्छ। वेबसाइट खुले पछी “Member Registration” मा क्लिक गरेर खुल्ने फर्म भर्नु पर्दछ।

एनआरएनए फ्रान्सले आफ्ना सदस्यहरुलाई एनआरएनए कार्डको व्यवस्था २०१८ बाट सुरु गरेको भए पनि कागजी प्रक्रियाबाट सदस्यता लिने र सबै सदस्यहरुको फोटो उपलब्ध नभएकोले सबैको कार्ड बनेर आउन सकेको थिएन। यसपटक सबैको कार्ड समयमानै बनेर आउने भएको छ। १५ युरो शुल्क तोकिएको सदस्यताको अवधि २ बर्ष सम्म अर्थात २०२१ को जुलाइ सम्म रहनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here