एनआरएनए फ्रान्सद्वारा आयोजित स्पोर्ट डे २०१९ भव्यताकासाथ सम्पन्न, नतिजा सहित

गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद (एनआरएनए) फ्रान्सले खेलकुदको माध्यमबाट फ्रान्सका युवा, महिला तथा बालबालिकाहरुलाई मनोरञ्जन, भाइचारा र आपसी सद्भाव अभिवृद्धि गर्ने उदेश्यका साथ हरेक बर्ष सञ्चालन गर्दै आएको एनआरएनए स्पोर्ट डे यहि आइतबार १६ जुन २०१९ को दिन पेरिस १२ मा अवस्थित खेलकुद मैदानमा भव्यताकासाथ सम्पन्न गरेको छ।

कार्यक्रममा युवा पुरुषको लागि भलिबल प्रतियोगिता, महिलाहरू र वालवालिकाहरुको लागी तातोआलु खेल खेलाइएको थियो।  लिग सिस्टममा खेलाइएको खुल्ला भलिबल प्रतियोगितामा एनआरएनए फ्रान्स, तमु समाज फ्रान्स, मगर समाज फ्रान्स, नेपाली एकता समाज फ्रान्स र म्याग्दी समाज फ्रान्स गरी पाँच टिमले प्रतिस्पर्धा गरेका थिए।

महिलाहरुको लागि खेलाइएको तातोआलु खेलमा १३ जना प्रतिस्पर्धीहरु मध्य छिरिङ शेर्पाजी प्रथम हुनु भएको थियो। त्यस्तै बालबालिकाहरुको लागि खेलाइएको तातोआलु खेलमा सुरुवात गुरुङ प्रथम भएका थिए।
भलिवल प्रतियोगिताको प्रतिस्पर्धात्मक खेलको फाइनलमा तमु समाज फ्रान्सले उत्कृस्ट खेल प्रदर्शन गर्दै म्याग्दी समाज फ्रान्स बिरुद्व लगातार ३ ओटै सेट जितेर प्रथम स्थान हाँसिल गर्न सफल भएको थियो।

सबै खेलको समाप्ती पछि प्रमुख अतिथि नेपाली राजदूतवास फ्रान्सका राजदुत दिपक अधिकारी र संघका अध्यक्ष एक बहादुर मल्लले संयुक्त रुपमा विजयी खेलाडीहरूलाई नगद, मेडल, ट्रफी र प्रमाण पत्र वितरण गर्नु भएको । राजदुत दिपक अधिकारीले खेल शारीरिक तथा मित्रताको लागि पनि धेरै महत्वपूर्ण हुने बताउदै आयोजकलाइ धन्यवाद र बिजयीहरुलाइ बधाई दिनु भएको।

प्रथम पुरस्कार : तमु समाज फ्रान्स  
द्वितिय पुरस्कार : म्याग्दी समाज फ्रान्स 
उत्कृष्ट खेलाडी : तमु समाज फ्रान्सका संकर सेन  
रेफ्ररीहरु – रामेश्वर श्रेष्ठ र अनिल गुरुङ

भलिवल प्रतियोगितामा प्रथम हुनेलाइ १००० युरो द्वितिय हुने लाइ ५०० युरो र उत्कृस्ट खेलाडीलाइ १०० युरो सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रमको अन्त्यमा अध्यक्ष मल्लले कार्यक्रममा सहयोग गर्ने प्रायोजकहरु, स्वयम सेवकहरू, खेलाडीहरू, अन्य संघसंस्थाका प्रतिनिधिहरुहरू, सहकर्मीहरू,  विजयी टिम र सहभागी टिम सबैलाई तथा महिला दिदीवहिनी एवं भाईवहिनी खेलाडीहरूलाई धन्यवाद दिंदै कार्यक्रम समापन भएको घोषणा गर्नु भएको।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here