प्रवासी नेपाली एकता मञ्च फ्रान्सले गर्यो प्रधानमन्त्री ओलीलाइ पेरिसमा स्वागत

प्रवासी नेपाली एकता मञ्च फ्रान्सले यहि १३ जुनका दिन प्रधानमन्त्री तथा नेकपाका पार्टी अध्यक्ष ओलीको फ्रान्स भ्रमणको अवसर परेर उनलाई पेरिसमा स्वागत तथा अन्तरक्रिया गरेको छ।

कार्यक्रममा फ्रान्सको तर्फबाट मञ्चका संयोजक भक्त वाग्लेले प्रधानमन्त्रीलाइ फ्रान्समा स्वागत गरेका थिए। त्यस्तै पुर्व एमाले निकट प्रवासी नेपाली मञ्च र पुर्व माओवादी निकट जन प्रगतिशील मञ्च बेल्जियमका अध्यक्षहरु बोधराज पौडेल र जित लामाले पनि प्रधानमन्त्रीलाइ स्वागत गरेका थिए।

भेटघाटमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले वर्तमान राजनिति, नेपाल सरकार र युरोप भ्रमणको उद्धेश्यको बारेमा बताउदै प्रवासमा रहेर पनि नेपालको बिकास र उन्नतिको लागि सधै लागिरहन आव्हान गरेका थिए भने पुर्व नेपाली जनप्रगतिशिल मञ्चका युरोप संयोजक सुरेन्द्र भुसालले समग्र युरोपको र नेपाली जनप्रगतिशिल मञ्च बेल्जियमका अध्यक्ष जित लामाले बेल्जियमको नेपाली समाजको स्थिती समस्या र नेपाल प्रतिको अथाह माया रहेको रिपोर्टिङ गरेका थिए। प्रवासी नेपाली एकता मञ्च फ्रान्सका संयोजक भक्त वाग्लेले फ्रान्सको नेपाली समाजको रिपोर्टिङ गरेका थिए।

कार्यक्रमको व्यवस्थापन पुर्व प्रवासी नेपाली मञ्चका युरोप संयोजक पुस्प राज तिमल्सिनाले राजदुतावास फ्रान्सको सहयोगमा गरेका थिए। कार्यक्रममा एन आर एन केन्द्रिय वरिष्ठ उपाध्यक्ष कुमार पन्त, एन आर एनका युरोप संयोजक शिव वरुवाल, आई सि सि सदस्य सरु चापागाईं, एन आर एन बेल्जियमका अध्यक्ष लोक दहाल, प्रवासी नेपाली मञ्च बेल्जियमको अध्यक्ष बोधराज पौडेल सहित जर्मनी, पोर्तुगल र स्पेनका प्रतिनिधिहरु उपस्थित थिए।

प्रधानमन्त्री ओलीले युरोपका नेकपा निकट भात्रीसंगठनहरु एक ढिक्का भइ अगाडी बढ्नुपर्ने बताउदै पार्टी अध्यक्षको हैसियतले पार्टीको रणनीति बताउदै केहि निर्देशन दिएको बताइएको छ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here