फ्रान्सको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले आज फ्रान्स को दक्षिण पूर्वमा रहेको हिमाली क्षेत्रमा अवस्थित शमोनीको भ्रमण गर्ने क्रममा हिमाल चडन जादाँ मौसम खराबीका कारण १ भन्दा बडी हिमालमै बिताउनु परेको छ।
शमोनी बाट प्रकाशित हुने पत्रिकाका अनुसार प्रधानमन्त्री र भ्रमण दलका सदस्यहरु केवलकारमा चढेर २५०० मिटर भन्दा माथि पुगिसकेपछी एक्कासी आएको हुरी र हिउँ उडाउने तुफानले केवलकार चलाउन प्रतिकुल अवस्था शृजना गरेपछी उनीहरुले हिमालमा नै प्रतिक्षा गर्नु परेको थियो।
प्रधानमन्त्री, पररास्ट्रमन्त्री, अन्य उच्चस्तरीय सरकारी कर्मचारी र सद्भावना दुत शृंखला खतिवडा संग त्यहाँका मेयर एरिक फुर्निए, संसद, सुरक्षा अधिकृत प्रमुख र सुरक्षाकर्मीहरु आदि रहेका थिए।
मौसममा सुधार आएपछि उनीहरु सुरक्षित तरिकाले फर्किन सफल भएका थिए।