“फ्रान्स संग मेरो भावनात्मक सम्बन्ध छ” : प्रधानमन्त्री ओली

तस्विर : पेरिसनेपाल डट कम, फ्रान्स

फ्रान्सको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले नेपाली राजदुतावास फ्रान्सले पेरिसमा आयोजना गरिएको कार्यक्रममा बोल्दै फ्रान्ससंग आफ्नो भावनात्मक सम्बन्ध भएको बताएका छन।

बिहिवार १३ जुन २०१९ का दिन पेरिसमा आयोजित कार्यक्रममा बोल्दै उनले फ्रान्समा भएका आन्दोलन र क्रान्तिहरु बाट आफु कलिलो उमेर देखिनै प्रभावित भएको बताउदै फ्रान्सका ठुला ठुला चिन्तक र दार्शनिकहरु जस्तै रुसो, भोल्टीयर, मोन्तेस्क्यु आदि बाट पनि प्रभावित बनेको बताएका थिए। पछिल्ला समयमा फ्रान्सका विद्वानहरुले राखेका तर्कहरु मानवसभ्यता र समानता तर्फको बिकासमा अगाडी बढाउन प्रेरित गर्ने खालका भएको बताउँदै १८३१ मा लियोंका ट्रेड युनियनका मजदुरहरुले गरेको आन्दोलन आफ्नो लागि प्रेरणादायी भएको बताए।

फ्रान्सको अर्को घटनाक्रम सम्झाउदै उनले १८७१ को पेरिसमा भएको आन्दोलन कोसैलाई मनपर्ने कोसीलाई मन नपर्ने भएको तर त्यसले विश्वमा उथलपुथल ल्याउने खालको भएको बताए। उनले आफुले फ्रेन्च साहित्यकारको नोत्र दाम द पारी भन्ने उपन्यास पढेको बताउदै आफु पहिलो पटक पेरिस आउदा नोत्र दाम हेर्न पुगेको र हालसालै त्यो चर्चमा आगो लागेको घटनाले आफुलाइ दुखित बनाएको बताए।

उनले राजतन्त्रको बारेमा बोल्दै भने “हामीलाइ राजतन्त्रले तानाशाही लादेर धेरै दुख दिएको थियो, फ्रान्सका राजा लुइ सोर्हौलाइ जनताले ५००० कोठा भएको ठुलो दरवार बाट लखेटेको इतिहासमा पढेको थिए र फ्रान्स आउदा त्यो दरवार हेर्न भर्साइ पुगे, त्यहाँ पुगेर रित्तो दरवार देखेपछि मलाइ लाग्यो त्यति बलियो फ्रान्समा शासन गर्ने शासकलाइ त फ्याल्न सकिन्छ भने हाम्रो देशको राजालाइ पनि हटाउन सकिन्छ र लोकतन्त्र ल्याउन सकिन्छ भन्ने प्रेरणा पाएँ” ।

प्रम ओलीले केहि समयको लागि बनाइएको आइफल टावर बनाउने बेला फ्रान्स भित्रै धेरै बिरोध भए पनि बिस्तारै बिस्तारै संसारले चिन्ने र पर्यटन भित्र्याउने माध्यम बनेको बताउतै त्यसले आफुलाई अलि टाढा सम्म हेरेर काम गर्नु पर्छ भन्ने प्रेरणा मिलेको बताए। उनले आफुले यी सबैकुरा बताउनुको अर्थ फ्रान्ससंग आफ्नो एक किसिमको भावनात्मक सम्बन्ध रहेको बताए।

नेपाल र फ्रान्सबीचको सम्बन्धलाइ समय सापेक्ष र अझै सुदृद बनाउन आफु यहाँ आएको बताउदै ओलीले अब नेपालमा आफ्नो प्रयास सुशासन र बिकाश हुने त्यसैक्रममा नेपालले २०२० लाइ नेपाल भ्रमण वर्ष मनाउने भएकोले फ्रान्स बाट सबैले यस कार्यक्रमलाइ सफल बनाउन सहयोग गर्न आग्रह गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here