प्रधानमन्त्रीलाइ फ्रान्सका व्यावासायीहरुका ६ प्रश्न, “लगानी गर्नुस, मुनाफा लैजानुहोस सुरक्षा सरकारले दिन्छ” : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली एक साता युरोपका बिभिन्न देशहरुको औपचारिक भ्रमण गर्ने क्रममा यहि १२ जुन दिन देखि १४ जुन सम्म फ्रान्सको भ्रमण गरेका थिए। भ्रमणका क्रममा उनले फ्रान्सेली प्रधानमन्त्री एडवार्ड फिलिप संग द्वपक्षीय सम्बन्धका बारेमा छलफल गरेका थिए त्यसको अघिल्लो दिन उनले फ्रान्सका व्यवसायीहरुको संगठन मेदेफ संग छलफल गर्दै नेपालमा लगानी गर्न आग्रह गरेका थिए। नेपाली राजदुतावास पेरिसले आयोजना गरेको कार्यक्रम अन्तर्गत १३ जुनका दिन उनले फ्रान्सका बिभिन्न सामाजिक व्यक्तित्वहरु, व्यवसायीहरु, नेपाली संघसंस्थाहरुका प्रतिनिधिहरू तथा नेपाल प्रति चासो राख्ने केहि फ्रेन्च नागरिकहरुलाइ भेटेका थिए।

नेपाली राजदुतावास पेरिसले आयोजना गरेको कार्यक्रम दुइ चरणमा सम्पन्न भएको थियो। कार्यक्रमको पहिलो चरणमा प्रम ओलीले फ्रान्समा रहेका व्यवसायीहरुको मागको बारेमा बोलेका थिए। फ्रान्सका व्यावासायीहरुको तर्फबाट माउन्ट एभरेस्ट ग्रुपका अध्यक्ष कमल राज अधिकारिले निम्न लिखित बिषयका ६ बुदाँमा प्रधानमन्त्रीको ध्यान केन्द्रित गराएका थिए :

  1. पूर्वाधारहरु (बिशेष गरि : बाटो, बिजुली, पानि) को बिकास नहुनु वा सुस्त गतिमा हुनु
  2. लगानी गर्ने व्यक्ति र उसले गरेको लगानीमा सुरक्षाको चुनौती
  3. लगानी गरेको क्षेत्रमा आएको मुनाफा सजिलै संग लैजान पाउनुपर्ने सम्बन्धमा चुनौती
  4. फाइल पेंडिंग र ढिला सुस्ती गर्ने कुराको अन्त्य हुनुपर्ने सम्बन्धमा
  5. गैर आवासीय नेपालीहरुलाई दोहोरो नागरिकता दिइनुपर्ने सम्बन्धमा
  6. नेपाल भुकप पिडित देश भएकोले युरोपमा नेपाल बाट ल्याइने धेरै समानहरुको भन्सार छूट हुनुपर्ने सम्बन्धमा

व्यवसायीहरुका मागलाइ सम्बोधन गर्दै बोल्ने क्रममा प्रधानमन्त्री ओलीले नेपालले अझै गरिबीको रेखा पार नगरेको बताउदै बिभिन्न प्राविधिक व्यवस्थाका कारण, राजनैतिक कारण र सामाजिक समानताका कारण अगाडी बढन नसकेकोले अब यी कारणहरु बाँकी नरहेकोले बिकासले गति लिने बताए।

उनले आफैले आधा सताब्दी लोकतन्त्रको लागि लडदै १४ बर्ष जेल बसेको स्मरण गरे। केहि इतिहासका कुरा कोट्ट्याउदै उनले नेपाल अब विद्वान र धनिहरुको देश हुन्छ भनेका थिए। लण्डनमा गरेको भाषणमा झैँ उनले “अन्य दुनिया अन्धाकारमा रहेको बेला हाम्रा पुर्खाहरु ग्रह नछेत्र सबैको ज्ञान भएकोले नेपाल विद्वानहरुको देश” भएको बताए। खाडी मुलुकहरु तर्फ इङ्गित गर्दै उनले “कति देशहरु तेलमात्र बेचेर धनि भएका छन् नेपालमा तेल पनि छ नुन पनि छ सुन पनि छ उर्वर भुमि छ तसर्थ हाम्रो देश गरिब हुने कारण छैन” भने।

बेलायत भ्रमणको क्रममा बीबीसीले लिएको अन्तर्वार्तामा सगरमाथाको भिड र बिकासको नाममा घना जंगल फडानी सम्बन्धि सधिएका प्रश्नहरु प्रति इसारा गर्दै  प्रधानमन्त्रीले नेपाली शेर्पाहरुको प्रसंसा गर्दै विश्वभरिका आरोहीहरुलाइ “लतार्दै सगरमाथाको शिखरमा पुर्याउने र लतार्दै फेदीमा ल्याउने” गर्दापनि शेर्पाहरूले विश्वमाझ पाउनुपर्ने नाम सम्मान नपाएको बताए। साथै नेपालले ४५ प्रतिशत जंगल राखेको दाबी गर्दै भने “बाटोको छेउमा ४ ओटा रुख रोपेर बाताबरण के के न भयो भन्ने होइन”। उनले नेपालमा पेट्रोल खनिज, हाइड्रोपावर, फलाम र महत्वपूर्ण धातुहरु भएको देश भएकोले नेपाल आफैमा धनि भएको बताए।

अहिले नेपालमा लगानी सुरक्षित हुने बातावरण बनेको बताउदै प्रमले बिप्लाव समुह तर्फ इंगित गर्दै “अहिले एउटा सानो समुह चन्दा उठाउने खाने कामका लागि अलिअलि तर्साउने काम गर्छ, त्यस समुहलाइ हामीले धेरै सम्झाउने कोसिस गर्यौ अहिले उनीहरुको माग केहि पनि नभएको र खालि पैसाको लागि आतंक मच्चाइरहेको” बताए।  केहिदिन यता बिप्लवसमुहले केहि व्यक्तिलाइ बम बोक्न लगाएकोमा स्वयम् बम बोक्नेनै मरेको कुरा उठाउदै ओलीले अब बिप्लव समुहको “कुनै ठुलो क्षमता नभएको” र उनीहरु “अन्डर कन्ट्रोल छन” भनेका थिए।

नेपालमा लगानी गर्न अहिले उपयुक्त समय भएकोले प्रम ओलीले व्यवसायीहरुलाइ नेपालमा लगानी गर्न आग्रह गर्दै “नेपालमा लगानी गर्नुस मुनाफा लैजानुहोस” भनेका थिए। प्रधानमन्त्रीले अहिलेको सरकारले बिदेशीहरुसंग चन्दा वा ऋण उठाउदै हिड्ने काम नगर्ने भन्दै बिदेशीहरुलाइ लगानीगर्न प्रोत्साहन गर्दै उनीहरुसंग सरकारले “डिमान्ड होइन अफर” गर्छ भनेका थिए। उपस्थित फ्रेन्चहरुलाइ पनि अंग्रजीमा बोल्दै र दोभाषे मार्फत फ्रेन्च भाषामा आफ्ना कुराहरु राख्दै नेपालमा लगानी गर्न आग्रह गरेका थिए।

फ्रान्सका लागि नेपाली राजदुत दिपक अधिकारिले १८ बर्षपछि भएको यो उच्च स्तरीय भ्रमणले नेपाल र फ्रान्स बीचको सम्बन्धलाइ प्रगण बनाउन सहयोग बनाउने बताए। राजदुत अधिकारिले प्रधानमन्त्रीले सोहि दिन फ्रान्सको प्रशिद्व म्युजियम ग्यिमेको भ्रमण गरेको साथै अर्को दिन फ्रान्समा रहेको हिमाल मों ब्लंको भ्रमण गर्ने जानकारी दिए। सेप्टेम्बर २०१५ मा जारि भएको नेपालको संविधानलाइ फ्रान्सले मुक्तकण्ठले स्वागत गरेको बताउदै अप्रिल २०१५ मा आएको विनासकारी भुकम्पको बेला फ्रान्सले सहयोग गरेको स्मरण गर्दै नेपाल र फ्रान्स संस्कृतिक हिसाबले धेरै धनि भएको बताए। कार्यक्रमको दोस्रो चरणमा प्रधानमन्त्रीले फ्रान्स र नेपालका बारेमा बोल्दै आफ्नो फ्रान्स संग भावनात्मक सम्बन्ध छ भनेका थिए। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here