प्रम ओलीद्वारा फ्रान्सका उद्योगीहरुलाइ नेपालमा लगानी गर्न आग्रह (राजदुतावासको विज्ञप्ति सहित)

युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली बेलायतको औपचारिक भ्रमण सकेर बुधवार सार्वजनिक रेल चढेर पेरिस आइपुगेका छन्। ३ दिनको भ्रमणका लागि फ्रान्समा आएका प्रधानमन्त्री, उहाँकि श्रीमती राधिका शाक्य, पररास्ट्रमन्त्रि प्रदिप ज्ञवाली, प्रधानमन्त्रीका सल्लाहकारहरु तथा नेपाल सरकारका उच्च अधिकृतिहरुलाइ फ्रान्सका लागि नेपाली राजदुत दिपक अधिकारी तथा नेपालका लागि फ्रेन्च राजदुत फ्रंस्वा जाभिए लेजे ले संयुक्तरुपमा पेरिस स्थित गार्ड दु नर्द स्टेसनमा स्वागत गरेका थिए।
पेरिसमा आएको केहि समयमा नै उनी फ्रान्सका व्यवसायीहरुको संगठन मेदेफ संगको छलफलका लागि मेदेफको मुख्यालय पुगेका थिए। सो अवसरमा फ्रेन्च कम्पनिका प्रतिनिधिहरु संग छुट्टाछुट्टै भेटघाट समेत भएको थियो। कार्यक्रममा प्रधानमन्त्री संगै पररास्ट्रमन्त्री प्रदिप ज्ञवाली लगायत नेपाल सरकारका उच्च स्तरीय अधिकृतहरुको सहभागिता रहेको थियो। प्रम ओलीले फ्रान्सका उधोग व्यवसायीसँग बोल्दै “राजनीतिक स्थायित्व, उपयोगमा ल्याउन बाँकी प्राकृतिक स्रोत, संभावना भएको बजार, कानुनी जटिलताहरूको अन्त्य, वैदेशिक लगानीका लागि प्राथमिकताका क्षेत्रहरूको छनौट आदि कारण नेपालमा लगानी मैत्री वातावरण बनेको” बताएका छन।
साँझ फ्रान्सका लागि नेपाली राजदुत दिपक अधिकारिले प्रधानमन्त्री तथा भ्रमणदलका उच्चअधिकारिहरुकोलागी रात्रिभोज सहितको स्वागत कार्यक्रमको आयोजना गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here