प्रधानमन्त्री ओली फ्रान्सका उधोग व्यवसायीहरुको संगठन मेदेफ संगको छलफलमा

युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली बेलायतको औपचारिक भ्रमण सकेर आज बुधवार सार्वजनिक रेल चढेर पेरिस आइपुगेका छन्। पेरिसमा आएको केहि समयमा नै उनी फ्रान्सका व्यवसायीहरुको संगठन मेदेफ संगको छलफलमा व्यस्त छन्।
कार्यक्रममा प्रधानमन्त्री संगै पररास्ट्रमन्त्री प्रदिप ज्ञवाली लगायत नेपाल सरकारका उच्च स्तरीय अधिकृतहरुको सहभागिता रहेको थियो। प्रम ओलीले फ्रान्सका उधोग व्यवसायीसँग बोल्दै “राजनीतिक स्थायित्व, उपयोगमा ल्याउन बाँकी प्राकृतिक स्रोत, संभावना भएको बजार, कानुनी जटिलताहरूको अन्त्य, वैदेशिक लगानीका लागि प्राथमिकताका क्षेत्रहरूको छनौट आदि कारण नेपालमा लगानी मैत्री वातावरण बनेको” बताएका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here